citizens life insurance long ad
stcnepal long ad

तारा गाउँका अध्यक्ष प्रल्हाद न्यौपाने हटाइने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तारा गाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपानेलाई हटाउने तयारी गरेको बुझिन आएको छ ।

हयात रिजेन्सी होटलसँगको मिलेमतोमा सरकारको १५४ रोपनी जग्गा फिर्ता गर्ने र सरकारको ४० प्रतिशत सेयर कायम गर्ने मुद्दामा अध्यक्ष न्यौपाने असहयोगी भएको भन्दै हटाउने तयारी भएको छ ।

हयात रिजेन्सी होटल प्रकरणबारे छानविन उपसमिति बनाएको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सदस्यसमेत रहेका नेकपा(एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल समक्ष न्यौपाने निरन्तर बैठकमा सहभागी भई हयातको पक्षमा वकालत गरेको सूचना पुगेपछि न्यौपाने थप समस्यामा परेका छन्।

केही समयअघि अध्यक्ष न्यौपानेले हयातलाई सस्तो भाडामा दिइएको जग्गा आफूले फिर्ता र सेयर पुरानै कित्ता कायम गर्ने प्रयास गरेको दाबी गरेका थिए । तर, समितिका कार्यकारी निर्देशक भफिन्द्र ज्ञवालीले राजीनामा दिने क्रममा अध्यक्षमाथि आर्थिक र चारित्रिक प्रश्न उठाएर राजीनामा दिएका थिए ।

समितिका महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको उजुरी परेको ज्ञवालीले बताउने गरेका छन् । त्यसमा अघिल्ला पर्यटन मन्त्रीहरुले संरक्षण गरेका कारण अध्यक्ष न्यौपानेको आत्मवल बढेको पनि ज्ञवालीले बताउने गरेका छन् ।

गत मंसिर २० गते राजीनामा दिने क्रममा ज्ञवालीले अध्यक्ष न्यौपानेले आर्थिक अराजकता मच्चाएको भन्दै आरोप लगाएका थिए ।

त्यसमा मन्त्रालय आफैले भने छानविन गरेको छैन । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने चासो लिएको छ । सेरेमोनियल अध्यक्ष भएर पनि न्यौपानेले मासिक ४० हजार रुपैयाँ तलब लिइरहेका छन् ।

गत साउन महिनादेखि उनले तलब लिन थालेका हुन् । तलब पाउने व्यवस्था नगरे बजेट पारित हुन नदिने भन्दै सञ्चालक समितिमा धम्की दिएकै भरमा न्यौपानेले मासिक ४० हजार तलब लिन थालेका हुन् । विकास समितिमा कार्यकारी निर्देशकको भूमिका कार्यकारी हुने र अध्यक्ष सेरेमोनियल हुन्छन् ।

यस्तो भूमिका हुने अध्यक्षले बैठक भत्ताबाहेकको सुविधा पाउने कुनै व्यवस्था हुँदैन। त्यसरी सुविधा लिए अख्तियारको दुरुपयोग हुने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ ।

कार्यकारी निर्देशक ज्ञवालीले राजीनामा दिने क्रममा अवैध र गैरकानूनी बाटोबाट मासिक ४० हजारभन्दा बढी रकम औषधिउपचार र भत्ताबापत लिने गरेका छन् । त्यसरी हिसाब गर्दा महिनामा कम्तीमा पनि ८० हजार रुपैयाँ न्यौपानेले बुझ्ने गरेका छन् । मन्त्रालयले आफैले भने यो विषयमा छानविन गरेको छैन् ।

गत वर्षको लकडाउनको बेलामा भने अध्यक्ष न्यौपाने ६ महिनामा ७६ दिन भ्रमणमा निस्केको भन्दै भत्ता र सुविधा बुझेको भेटिएको थियो ।

न्यौपानेका आर्थिक अराजकता सहन नसकेर ९ महिनामै राजीनामा दिनुपरेको कार्यकारी ज्ञवालीले मन्त्री प्रेम बहादुर आलेलाई पनि सुनाएका छन्। नेपाल पर्यटन बोर्डका सिईओ धनञ्जय रेग्मीलाई हटाएपछि न्यौपानेलाई हटाउने तयारी मन्त्रालयको रहेको छ ।

IME Life
kumari