कोटेश्वर–कलंकी चक्रपथ सडकमा ६५८ वटा सडक दुर्घटना
काठमाडौं । गत जुन,२०१९ मा नेपाल सरकारलाई निर्माण सम्पन्न गरि चिनियाँ ठेकेदार कम्पनीले हस्तान्तरण गरेको कलंकी–कोटेश्वर रिङ्गरोड खण्डमा १० महिनाभित्र नै ६ सय ५८ वटा सडक दुर्घटनाहरु भएका छन।
जसमा २५ जना नागरिकहरुले अमूल्य ज्यान गुमाउनु परेको छ। उक्त खण्डमा अझै पनि नागरिकहरुका ज्यान जाने कयौ डरलाग्दा सडक दुर्घटनाहरु निरन्तर भईरहेका छन्।
अतः यस कलंकी–चावहिल चक्रपथ सडक खण्डको सडक डिजाइन र निर्माण गर्दा विगत कोटेश्वर –कलंकी खण्डमा जस्तै गल्ति यसपाली सडक विभागले नदोहोर्याओस र सडक मोटरकारलाई मात्र केन्द्रमा नराखी पैदलयात्री, साइकलयात्री, व्हिलचेयर यात्री र अपाङ्ग यात्रीहरुलाई पनि ध्यानमा राखी चौडा पैदलमार्ग र साइकलमार्ग सहित मानव केन्द्रित सडक निर्माणको लागि दबाबमूलक कार्यक्रम “रिङ्गरोड हाम्रो सरोकार” ले आज र पुष २४ गते शंखपार्क धुम्बाराहीमा आयोजना गर्न गइरहेका छ ।
यस दबाब कार्यक्रमको दीर्घकालीन असर काठमाडौँ रिङ्ग रोडमा मात्र सिमित नभई नेपालमा अहिले चलिरहेको मोटरकार केन्द्रित सडक विकास माथि नागरिक समाजको तर्फबाट प्रश्न गरिने भएको छ ।
विकासको नाममा सीमान्तकृत समूह र सिङ्गो मानव समाजलाई नै बहिष्कार गरी भइरहेको यस प्रकारको कामहरु माथि आलोचनात्मक आवाज उठानको लागि भइरहेको यो कार्यक्रममा तपाई हामी सबैको श्रृजनात्मक सहयोग र सहभागिताको लागि अनुरोध गरिएको छ । रिंगरोडस् नागरिक सरोकार समाजले यो कार्यक्रम आज गर्ने भएको छ।


























