प्रहरीमा डीआईजी,एसएसपी र डिएसपी बढुवाको सिफारिस
काठमाडौं । नेपाल प्रहरीका प्राविधिक वरिष्ठ उपरीक्षक इन्जिनियर फडिन्द्र बराल नायब महानिरीक्षकमा बढुवा सिफारिस भएका छन् ।
प्राविधिक समूह अन्तर्गत भौतिक पूर्वाधार तथा सवारी निर्देशनालयमा रहेका उनीमात्र बढुवाका लागि सिफारिस भएका हुन् ।
प्रहरी प्रधान कार्यालयले हिजो पुस १४ गते बुधबार बसेको बढुवा समितिको बैठकले एसएसपी बराललाई बढुवा सिफारिस गरेको हो ।
यस्तै स्वास्थ्य उपसमूहका एसपी डा. अभिमन्यू श्रेष्ठ र डा. विपिनकुमार श्रेष्ठलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ ।
यसैगरि संगीत तर्फका प्रहरी निरीक्षक भुलाराज खनाललाई नायब उपरीक्षकमा बढुवा सिफारिस गरिएको सूचना प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको छ ।






















