citizens life insurance long ad
stcnepal long ad

५ लाख धरौटीमा छुटेका दीप बस्न्यात फरार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त एवं पूर्वसचिव दीप बस्न्यात ‘सम्पर्कविहीन’ भएका छन् । सिआइबीले ललिता निवास जग्गा प्रकरणका मुख्य योजनाकार भनिएका रामकुमार सुवेदी दम्पतीलाई पक्राउ गरे लगत्तै बस्न्यात फरार भएको स्रोतको दाबी रहेको छ।

सिआइबीले सुवेदी दम्पतीलाई गत साता पक्राउ गरी अनुसन्धान अघि बढाएको छ भने यस प्रकरणरमा अनुसन्धानले दोषी देखाएका विरुद्ध मुद्दा दायर गर्ने मिति नजिकिँदैछ ।

आफूलाई पनि बयानका लागि पक्राउ गर्नसक्ने देखेर बस्न्यात उपचारको बहानामा भारत छिरेको स्रोतले दाबी गरेको छ । उनी विरुद्ध पक्राउ पुर्जी जारी भइसकेको स्रोतको भनाई छ।

बस्न्यात भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा भूमिसुधार तथा व्यवस्था मन्त्रालयको क्षेत्राधिकारमा पर्ने मोही व्यवस्थापनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेको आरोप छ । बस्न्यातले तयार पारेको प्रस्ताव सदर गरेपछि ललिता निवास प्रकरणमा तत्कालीन उपप्रधानमन्त्री एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारमाथि समेत भ्रष्टाचार मुद्दा लागेको थियो ।

ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अभियोगमा गत २०७६ माघ २२ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्न्यात सहित ११० जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले त्यतिबेला बस्न्यातमाथि ९ करोड ६५ लाख रुपैयाँ मूल्यांकन भएको जग्गा अनियमितता गरेको आरोप लगाएको थियो । बस्न्यात सचिव हुँदा ललिता निवासको सार्वजनिक, पर्ती तथा राजकुलोको जग्गा नक्कली मोही खडा गरि वितरण गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको आरोप लागेको छ ।

बस्न्यातलाई सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको संयुक्त इजलासले पुर्पक्ष थुनाको साटो ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको थियो । विशेष अदालतले बस्न्यातलाई पुर्पक्ष थुनामा पठाएकोमा त्यसविरुद्ध उनी सर्वोच्च अदालत गएका थिए ।

 

IME Life
kumari