citizens life insurance long ad
stcnepal long ad

आज तमु गुरूङहरूको तमु ल्होसार

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज पुस १५ गते तमु गुरूङ समुदायको तमु ल्होसार पर्व अर्थात नयाँ वर्ष हो। गाई वर्ष पूरा गरेर बाघ वर्ष शुुरू भएको छ। सरकारले आज सार्वजनिक विदा दिएको छ।

यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले तमु ल्होसार जस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने एक सन्देश दिदै बताएकी छिन।

उनले आज तमु ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश दिँदै यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह तथा उमङ्ग छर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माणमा अग्रसर हुन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छिन ।

सन्देशमा भनिएको छ(“मुलुकको मौलिक सांस्कृतिक सम्पदाको संरक्षण तथा संवद्र्धन गर्दै पर्यटन प्रवर्द्वधनमार्फत आर्थिक र सामाजिकरूपमा समृद्ध मुलुक निर्माण गर्नसमेत गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय छ”।

राष्ट्रपतिले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको शुभकामना पनि व्यक्त गरेकी छिन ।

गुरुङ समुदायले आज पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गर्दै यस पर्व मनाउने गर्छन् । सो समुदायको बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, काठमाडौं, ललितपुर, ओखलढुंगा, संखुवासभा,सुनसरी, चितवन,रूपन्देही लगायत जिल्लामा यो पर्व धुमधामका साथ मनाउने गरिन्छ।

IME Life
kumari