citizens life insurance long ad
stcnepal long ad
national life

यूएईको गोल्डेन कार्ड लिँदै पहुँचवाला उद्योगी–व्यवसायी पलायन

Prabhu Insurance Long Ad

काठमाडौं । उच्च तहसम्मको पहुँच, अपारदर्शी कमाई र नेपालको भविष्यप्रति शंकालु नेपालीहरुले युनाइटेड अरब इमिरेट्स (यूएई) को गोल्डेन कार्ड लिन थालेका छन् । युएईले आकर्षक सुविधा सहितको गोल्डेन कार्ड दिन थालेपछि नेपालका उद्यमी( व्यवसायी र पुर्वकर्मचारीहरु पनि यसप्रति आकर्षित भएका छन् ।

१० लाख दिराम अर्थात ३ करोड २५ लाख नेपाली रुपैयाँ यूएईमा लगानी गरेर गोल्डेन कार्ड लिन सकिने यूएई सरकारको नीति रहेको छ । यूएई सरकारले त्यसको स्रोत खोज्दैन ।

पछिल्लो समय उच्च तहमा राजनीतिक पहुँच बनाएर प्रसस्त पैसा कमाएका उद्यमी(व्यवसायी, भ्रष्टाचार गरेर मनग्य सम्पत्ति जोडेको नेता तथा पुर्व र वर्तमान प्रशासकहरुले युएईको गोल्डेन कार्ड लिने गरेका छन् ।

यूएईमा लगानी गर्ने लगानीकर्तालाई सरकारको तर्फबाट आकर्षक सुविधा दिइने,लगानीको अवसर बढी प्राप्त हुने र लगानीको स्रोत खोजीमा पनि सहज व्यवस्था भएको कारण नब धनाढ्या नेपालीहरु युएईको गोल्डेन कार्डप्रति आकर्षित भएका छन् ।

‘ नेपालमा लगानी गर्न कमाएको सम्पत्तिको स्रोत देखाउनेदेखि अन्य कानुनी अल्झनमा पर्न सकिने खतरा पनि रहेकोले धेरै नेपालीहरु यूएईको गोल्डेन कार्ड लिएर बसेका छन्। नेपालमा केही समस्या हुने अवस्था देखियो भने युएई सिफ्ट हुने उदेश्य साथ बसिरहेका छन।

हुण्डी मार्फत युएईमा रकम पठाएर गोल्डेन कार्ड लिई सुरक्षित हुँदैछन।मारवाडी,नेवार, काला व्यापारी,माफिया,मुनाफाखोर तथा विजनेश कम्यूनिटीका धेरै मानिसले यस्तो कार्ड लिइसकेका छन् ।

के हो युएईको गोल्डेन कार्ड ?

यूएईले सन् २०१९ देखि गोल्डेन कार्ड जारी गर्न थालेको छ । यूएईमा लामो समय बस्नको लागि लगानीकर्ता, व्यवसायी, विशेष क्षमता भएका तथा विज्ञान प्रविधिमा विषेश दक्षता हासिल गरेका अनुसन्धानकर्ता र वैज्ञानिक क्षमता भएका विद्यार्थीको लागि १० वर्षे गोल्डेन भिसा दिने गरेको छ ।

युएई सरकारले सन् २०१८ मा पारित गरेको ‘रिजोलुसन नम्बर ५६’ कानुनको अधिनमा रहेर गोल्डेन कार्ड दिने गरेको छ । यस्तो कार्ड लिनको लागि लगानीकर्ता, उद्यमी र प्रोफेसनल ट्यालेन्ट योग्य हुने भनिएको छ ।

यस्तो कार्ड १० वर्षपछि स्वतः नविकरणको व्यवस्था भएको जनाइएको छ । गोल्डेन कार्डलाई युएईले विदेशी नागरिकका लागि युएईमा स्थायी बसोबास सुविधा पनि भनेको छ ।

कस– कसलेले पाउँछ यस्तो कार्ड ?

गोल्डेन कार्ड लिनको लागि जुनसुकै देशको नागरिकले पनि कम्तिमा पनि १० लाख दिराम (नेपाली रुपैयाँसँग विनियम दर प्रतिदिराम ३२.५९ रुपैयाँ) अर्थात ३ करोड २५ लाख रुपैयाँ बराबर लगानी गरेको हुनुपर्छ ।

यस्तो लगानीको रकम कर्जा लिएर लगानी गरेको भने हुनु हुदैन । यस्तै युएईभित्रको कुनै पनि इन्भेष्टमेन्ट फण्डमा १० लाख दिराम जम्मा गरेको व्यक्ति पनि १० वर्षे गोल्डेन कार्डको लागि योग्य हुने भनिएको छ ।

यस्तो रकमको स्रोत पनि नखोजिने व्यवस्था गरेको छ। यो सुविधा अनुसार ठुला र माफिया उद्यमी( व्यवसायीले हुण्डी मार्फत पुँजी पलायन गरेर अवैध सम्पत्तिलाई वैद्य बनाइ सकेका छन।

गोल्डेन कार्ड बाहकलाई के– कस्ता सुविधा कस्ता छन् ?

युएईको गोल्डेन कार्ड प्राप्त गरेको लगानीकर्ता तथा व्यवसायीले आफ्नो श्रीमान् वा श्रीमती, छोराछोरी, एक जना कार्यकारी निर्देशक र एक जना सल्लाहकारलाई युएईमा लैजान र सँगै राख्न पाउँने छन् ।

यस्तो कार्ड वाहकलाई व्यक्तिगत आम्दानीमा कर नलाग्ने, युएईको वित्तीय गतिविधिमा संलग्न हुन पाइने, लगानी गर्न र काम गर्न स्वतन्त्रता पूर्वक पाइने, स्वास्थ्य बीमा सुविधा पाइने, सवारी चालक अनुमतिपत्र पाइने र प्रत्येक वर्ष ६ महिनाको लागि विश्वका १६७ देशहरुमा अनअराइभल भिसा सुविधा सहित घुम्न पाइने जस्ता सुविधा प्राप्त हुने गरेको छ।

५ वर्षे गोल्डेन कार्ड पनि

युएईले अहिले ५ वर्षे गोल्डेन कार्ड पनि जारी गरिरहेको छ । यस्तो कार्ड विशेष गरेर युएईका कम्पनीहरुमा कार्यरत विदेशी दक्ष कामदारलाई लक्षित गरेर ल्याइएको हो । तर, लगानीकर्ताले ५ लाख दिराम लगानी गरेको अवस्थामा ५ वर्षे अवधिको गोल्डेन कार्ड पाउने र यस्तो कार्ड दिने पनि १० वर्षे गोल्डेन कार्डवाहकले जस्तै सुविधा पाउने अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

को–को नेपाली व्यवसायीले लिए गोल्डेन कार्ड ?

अहिले नेपाली उद्यमी व्यवसायीको बीचमा युएईको गोल्डेन कार्डबारे चर्चा बढेको छ । सरकारले नियम अनुसार नेपालबाट विदेशमा लगानी गर्न नपाइने कानुन बनाएको भएपनि विभिन्न विकल्पहरु प्रयोग गरेर नेपाली व्यवसायीले युएईको गोल्डेन कार्ड लिने गरेका छन् ।

सरकारले विदेशमा लगानी गर्नको लागि नेपालीलाई दिएको छैन, त्यसैले मैले यो कार्ड लिएको छु भनेर खुला रूपमा कसैले पनि भन्दैनन। तर धेरै व्यवसायीहरुले गोल्डेन कार्ड लिएका छन् ।

यसले गर्दा नेपालबाट अदृष्य रुपमा ठूलो परिणाममा पुँजी पलाएन भएको व्यवसायीहरु नै बताउछन् । अवैध रूपमा रकम आर्जन गर्ने र त्यस्तो रकमको स्रोत देखाउन नसक्नेहरले पुँजी पलायन गरेका छन।

पछिल्लो समय विदेशबाट आउने रेमिट्यान्समा गिरावट आउने र बैकिङ क्षेत्रमा तरलताको अभाव हुनुमा धेरै कारणहरू मध्ये पुँजी पालायन पनि एउटा महत्वपूर्ण कारण भएको जानकारहरु बताउँछन् ।

 

himalayan life insurance
igi long