stcnepal long ad
ime life insurance
national life
global ime bank long

राष्ट्रिय बीमा कम्पनीमा जागिर खुल्यो, प्लस टु गरेकालाई पनि अवसर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सरकार मातहतको राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा जागिर खुलेको छ। कम्पनीमा चौथो तहदेखि नवौं तहसम्म खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नका लागि दरखास्त खुलाएको छ।

कम्पनीले सहायक ‘ख’ (चौथो तह) मा ६ र सहायक ‘क’ (पाँचौं) मा ४ जनाका लागि दरखास्त खुलाएको छ। यसैगरी सूचना प्राविधिक अधिकृत (छैटौं तह) मा २ जना र सूचना प्राविधिक सहायक (पाँचौं तह) मा १ जनाका लागि जागिरको अवसर सिर्जना गरिएको छ।

सातौं तहअन्तर्गत कम्पनीले नायब व्यवस्थापक, कानुन अधिकृत र सूचना प्राविधिक अधिकृतमा १–१ जनाका लागि दरखास्त आह्वान गरेको छ।

यसैगरि आठौंतहको सहव्यवस्थापकमा २ जना र नवौं तहको व्यवस्थापकमा १ जना कर्मचारी भर्न गर्ने गरी कम्पनीले विज्ञापन खुलाएको छ। इच्छुक उम्मेदवारले आगामी माघ १ गतेसम्म दरखास्त बुझाउन सक्नेछन्। दोब्बर दस्तुर तिरी माघ ८ गतेसम्म दरखास्त दिन सकिने सुचना निकालेको छ।

IME Lifesidebar
kumari