stcnepal long ad
ime life insurance
national life
global ime bank long

६७ देशबाट नेपाल आउँदा होटलमा क्वारेन्टीन अनिवार्य बस्नुपर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमीक्रोन फैलिएका ६७ देशबाट नेपाल आउँदा सात दिन तोकिएको होटलमा अनिवार्य क्वारेन्टीन बस्नुपर्ने व्यवस्था गरिएको छ ।

अध्यागमन विभागले विज्ञप्ति निकालेर विभिन्न ६७ देशबाट नेपाल आउनेहरूलाई होटल क्वारेन्टीन अनिवार्य गरेको हो । होटल क्वारेन्टीन बस्दाको खर्च सम्बन्धित व्यक्तिले नै तिर्नुपर्ने विभागले जनाएको छ ।

विभागका अनुसार ७ दिन होटल क्वारेन्टीन बसिसकेपछि कोरोना परीक्षण गराउनु पर्नेछ । रिपोर्ट नेगेटिभ आए फेरि ७ दिन घरमै क्वरेण्टीन बस्नु पर्नेछ ।

नतिजा पोजिटिभ आएका व्यक्तिलाई तोकिएका आइसोलेशन केन्द्र वा अस्पताल पठाइने विभागले जनाएको छ । छिमेकी देश भारतसहित एसियाली देशहरुमा पनि ओमिक्रोन फैलिँदै गएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो ।

IME Lifesidebar
kumari