citizens life insurance long ad
stcnepal long ad

आजबाट विद्युत प्राधिकरणका आय काउन्टरहरु ५ दिनसम्म बन्द रहने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सबै आय संकलन काउन्टरहरु आज पुस १ गतेबाट ५ दिनसम्म बन्द रहने भएका छन्। प्राधिकरणले एक सूचना जारी गर्दै बिलिङ सिस्टम अद्यावधिक गर्नका लागि सबै आय संकलन काउन्टर पुस ५ गतेसम्म बन्द रहने जानकारी गराएको छ।

विद्युत प्राधिकरणका उपभोक्ताको २०७८ मंसिर महिनाको खपत अर्थात् पुस १ गतेदेखिको रिडिङमा लागू हुने गरी नयाँ विद्युत महसुल निर्धारण भएको र परिवर्तित महसुल दर प्राधिकरणको एम–पावर बिलिङ सिस्टममा पुस महिनादेखि एकसाथ लागू हुने गरी अद्यावधिक गर्नुपर्ने भएकाले आय संकलन काउन्टरहरु बन्द गर्नुपरेको सूचनामा जानकारी गराइएको छ।

IME Life
kumari