citizens life insurance long ad
stcnepal long ad

प्रचण्डको सेयर बजारविरोधी अभिव्यक्ति चन्दा नपाएकै कारण हो : ओली

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सेयर कारोबारीले चन्दा नदिएको रिस नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले सेयर बजारमाथि पोखेको टिप्पणी गरेका छन्।

नेकपा एमालेका मनोनित केन्द्रीय सदस्यको सपथ कार्यक्रममा अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन्। ‘कुन सेयर कारोबारीले चन्दा दिएन होला, अब म ध्वस्त पारिदिन्छु भनेर प्रचण्डले त्यस्तो बोलिदिए’, ओलीले भने, ‘लेनिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए। प्रचण्डले त्योभन्दा बढ्ता जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रुप हो भनिदिए।

यसबाट सेयरमा लगानी गर्ने जनताको जीवनमा के असर पर्छ रु प्रचण्डलाई मतलब नै छैन।’ लाखौं जनताले आफ्नो बचतमा भएको पैसा लगानी गरेको क्षेत्रलाई प्रचण्डले चन्दा नपाएकै कारण रिस पोखेको ओलीको भनाइ थियो।

‘हामीले सेयर बजारबारेमा त्यस्तो बोलेको भए सडकमा आगो बलिसक्थ्यो’, उनले भने, ‘तर अस्थिरता मच्चाउनेहरुले जे गरे पनि हुन्छ, कोही बोल्दैनन्।’ केही दिनअघि प्रचण्डले सेयर बजार साम्राज्यवादको विकसित भनेका थिए।

IME Life
kumari