citizens life insurance long ad
stcnepal long ad

एनआरएनएको उम्मेदवारी दर्ता १६ डिसेम्बर

Nimb long ad
Prabhu Insurance Long Ad

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन समितिका संयोजक लीलामणि पौडेलले राजीनामा दिएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तका अनुसार पौडेलले नेपाल बार एसोसिशनको जारी आन्दोलनका कारणले संघको निर्वाचनमा समय दिन नसक्ने भन्दै पदबाट हिजो मंसिर २४ गते शुक्रवार राजीनामा दिएका छन् ।

पौडेल नेपाल बार एसोसिएसनका महासचिव हुन्। पौडेलको राजीनामा पछि संघका संस्थापक मध्येका एक रामप्रताप थापालाई कार्यवाहक निर्वाचन आयुक्त तोकिएको संघले जनाएको छ।गैरआवासीय नेपाली संघको निर्वाचन समितिले आगामी डिसेम्बर २६ र २७ तारिख हुने निर्वाचन तालिकामा परिवर्तन गरेको छ ।

निर्वाचन समितिका अनुसार आज शनिबार हुने उम्मेदवारी दर्ता पाँच दिनपछि १६ डिसेम्बर सम्मका लागि सारेको छ ।

संघको निर्वाचन समितिका अनुसार मतदाता नामावली प्रकाशित गर्न प्राविधिक रुपमा थप समय आवश्यक भएकोले मिति पछि सारेको जनाएको छ।

आगामी डिसेम्बर १६ तारिख बिहान १० बजे देखि १७ तारिख बिहान १० बजे सम्म उम्मेदवारी गर्दा गर्ने समय तोकिएको निर्वाचन समितिले जनाएको छ ।

IME Life
kumari