stcnepal long ad
global ime bank long

पूर्व गभर्नरलाई राष्ट्र बैंकले गाडीसँगै बाचुन्जेल ड्राइभर पनि दिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्व गभर्नरलाई दिने सुविधा थप गरेको छ । यसअघि गभर्नरले पदमा बहाल रहदा चढेको गाडी अवकासपछि घर लैजान पाउने व्यवस्था थियो । अव भने राष्ट्र बैंकले तलब दिएर एक जना ड्राइभर पनि दिने भएको छ ।

केही साता अघि बसेको राष्ट्र बैंक संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । पूर्व गभर्नरलाई राज्यको तर्फबाट सम्मान दिनुपर्ने भन्दै गभर्नर डा. चिरन्जीवी नेपालले गरेको प्रस्ताव संचालक समितिले पारित गरेको हो । डा. नेपालको कार्यकाल ५ चैतदेखि सकिएको छ ।

पूर्व गभर्नरलाई गाडी दिने चलन थियो, अब ड्राइभर पनि दिने निर्णय गरिएको हो, पूर्व गभर्नरलाई दिइएको ड्राइभरलाई राष्ट्र बैंकबाट तलब भत्ता लगायतका सुविधा प्रदान गरिन्छ, ।

राष्ट्र बैंक संचालक समितिको यो निर्णयपछि संस्थापक गभर्नर हिमालय शमशेर जवरादेखि भेषबहादुर थापा, गणेशबहादुर थापा, डा. तिलक रावल, दीपेन्द्रपुरुष ढकाल, सत्येन्द्रप्यारा श्रेष्ठ, विजयनाथ भट्टराई, दीपेन्द्रबहादुर क्षेत्री, डा. युवराज खतिवडा, डा. चिरिन्जीवी नेपालसम्मले ड्राइभर सुविधा पाउने छन् ।

यस मध्ये दीपेन्द्रबहादुर क्षेत्रीले पूर्व गभर्नरको हैसियतमा राष्ट्र बैंकबाट गाडी सुविधा पनि लिएका छैनन् भने डा. युवराज खतिवडा अर्थमन्त्रीको जिम्मेवारीमा छन् । डा. खतिवडाले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट अवकाश पाउँदा पनि गाडी सुविधा लिएका थिए भने गभर्नरबाट अवकाश पाउँदा पनि गाडी सुविधा लिएका थिए ।

यस अघि नै ७० वर्ष उमेर कटेका पूर्व गभर्नरहरुलाई गाडी सहित ड्राइभर सुविधा दिने व्यवस्था थियो । अबदेखि भने गभर्नरबाट अवकाश पाउने वित्तिकै ड्राइभर सहितको गाडी सुविधा पाइने भएको छ ।

IME Lifesidebar
kumari