citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

शरणार्थी परिचयपत्र दिन अन्तर्राष्ट्रिय दबाब

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपालमा लुकिछिपी आएका विभिन्न देशका नागरिकलाई शरणार्थीको परिचयपत्र प्रदान गर्न अन्तर्राष्ट्रिय संघरसंगठन र केही पश्चिमा मुलुकले दवाव दिइरहेका छन् ।

विदेशीहरूको दवाव थेग्न नसकेर नेपाल सरकार उनीहरूलाई शरणार्थी परिचयपत्र वितरण गर्ने तयारीमा लागेको छ । गृह मन्त्रालयले शरणार्थी परिचय पत्र वितरणका लागि विभिन्न च्यानलबाट अध्ययन भइरहेको छ ।

मन्त्रालयमाथि परेको राजनीतिक र अन्तर्राष्ट्रिय संघरसंगठनहरूको दवावका कारण मन्त्रालय परिचयपत्र वितरणको अन्तिम तयारीमा लागेको छ । तर,उक्त परिचयपत्र कुन कुन देशबाट आएका शरणार्थीका लागि हो भन्ने खुलि सकेको भने छैन ।

यद्यपि, नेपालमा पछिल्ला दिनमा तिब्बती शरणार्थी, रोहिग्या शरणार्थी र अफगानी शरणार्थीहरूको संख्या बढेको पाइएको छ । उनीहरूलाई शरणाार्थीका परिचयपत्र वितरणका लागि युरोप र अमेरिकामात्र होइन्, संयुक्त राष्ट्रसंघका एजेन्सीले समेत दवाव दिइरहेका छन ।

त्यही दवाव थेग्न नसकेर गृह मन्त्रालय शरणार्थी परिचयपत्र वितरणको तयारीमा जुटेको छ ।

शरणार्थी परिचयपत्र पाउने तेस्रो देशका नागरिकले उच्च शिक्षा, व्यापार व्यवसाय, तेस्रो देश आवतजावत, बैंक खाता खोल्न लगायतका सुविधा पाउँछन् ।

आफ्नो देश छोडेर नेपाल आएर बसेका नागरिकलाई नेपालले शरणार्थीको दर्जा प्रदान गर्न अन्तर्राष्ट्रिय मानवअधिकार उच्चआयुक्तको कार्यालयले पनि पटकपटक दवाव दिने गरेको छ । अमेरिकी सरकारले पनि नेपाललाई विभिन्न च्यानलबाट सन्देश पठाइरहेको छ ।

पछिल्ला दिनमा नेपालमा अफगानिस्तानदेखि म्यानमार, बंगलादेशका नागरिक नेपाल आउन थालेका छन् । चार–पाँच वर्षअघिदेखि नेपालमा रोहिग्याहरूको संख्या निकै बढेको छ ।

उनीहरू नेपालमा शरण लिने क्रममा बुढानिलकण्ठ न.पा.–१२ को कपन राममन्दिर र लसुनेटारमा क्षेत्रमा ४०५ जनाको संख्यामा बसिरहेका छन् । त्यसलाई सहयोग र समर्थन संयुक्त राष्ट्रसंघका विभिन्न निकायले गरेका छन । नेपाल सरकारलाई समेत जानकारी नदिई ती देशले रोहिग्या, अफगानिस्तानीहरूलाई ट्राभल्स डकुमेन्टदेखि अन्य कागजातमा बनाउन सहयोग गर्ने गरेका छन।

अमेरिकाले नेपालमा रहेका तिब्बती,रोहिग्या र अफगानी शरणार्थीको हकमा निकै चासो राखिरहेको छ । नेपालमा रहेका सबै तिब्बतीलाई शरणार्थीको परिचयपत्र वितरण गर्न अमेरिकारको दवाव रहेको छ ।

नेपालमा करिब १३ हजार तिब्बती शरणार्थी रहेको गृह मन्त्रालयको तथ्यांक रहेको छ । गृह मन्त्रालयले पहिला वितरण गरेको परिचयपत्रको आधारमा यो संख्या भनिएको हो, तर पछिल्लो एक दशकमा नेपालमा तिब्बती शरणार्थीको संख्या निकै बढेको भन्दै अमेरिकाले नेपाललाई शरणार्थीको दर्जा दिई कागजात दिन भन्दै आएको छ ।

नेपाल भ्रमणमा आउने हरेक उच्च अमेरिकी प्रतिनिधिको चासो तिब्बती शरणार्थीहरूको सन्दर्भमा भइरहेको छ ।

अहिले भुटानी नागरिकहरू जो नेपालमा आएर बसेका छन् र शरणार्थीको परिचय पाउनबाट छुटेका छन्। उनीहरूका लागि परिचयपत्र वितरण गर्ने तयारी भएको छ ।

त्यस्ता शरणार्थी करिब ४५० रहेको अनुमान गरिएको छ । झन्डै एक लाख संख्यामा रहेका भुटानी शरणार्थीहरूमध्ये अधिकांश तेस्रो मुलुक पुनस्र्थापना भएपछि करिब ६ हजार भुटानी शरणार्थी भने नेपालमै रहेका छन् ।

सरकारले गम्भीर तयारी र सुरक्षा चुनौतीमाथि विश्लेषण नगरी शरणार्थी परिचयपत्र वितरण गरिए नेपाल तेस्रो देशको शरणार्थीको केन्द्र बन्छ र नेपाल भूराजनीतिक चपेटामा फस्ने विश्लेषण पनि भइरहेको छ ।

केही दिनअघि मात्रै गैरकानूनी रुपमा नेपाल आएका १२ जना अफगानी नागरिकलाई नेपालले देशनिकाला गर्ने निर्णय गर्दा अन्तर्राष्ट्रिय मानवअधिकार उच्चआयुक्तको कार्यालयले गम्भीर प्रश्न उठाएको थियो ।

र, उनीहरूलाई नेपालबाट फिर्ता नगर्न सरकारलाई दवाव दिएको थियो । मेक्सिकको भिसा लागेका ५ जनालाई मेक्सिको पठाइएकोमा उनीहरूलाई मेक्सिकोले प्रवेश अनुमति नदिएपछि डिपोर्टभई नेपाल नै फर्किएका थिए।

himalayan life insurance
igi long