citizens life insurance long ad
stcnepal long ad

स्वतन्त्र पूँजीबजार सुधार संघबाट रोहन कार्कीलाई हटाइयो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । निकै ठुलो तामझामर राम रमाइलोका साथ गठन भएको दुई महिना नपुग्दै स्वतन्त्र पुँजीबजार सुधार संघ बिभाजित भएको छ। रोहन कार्की नेतृत्वको लगानीकर्ता संगठन ओैंपचारिक रूपमा फूटेको छ ।

कार्की नेतृत्वको स्वतन्त्र पूँजीबजार सुधार संघका बहुसंख्यक पदाधिकारीहरुको बैठकले संयोजक कार्कीमाथि गम्भीर नैतिक विचलनको आरोप लगाउँदै बर्खास्त गरेर नयाँ समितिको नाम सार्वजनिक गरेका छन् ।

यसरी दुई महिनाअघि पूँजीबजारका विकृतिहरूको अन्त्य तथा सुधारका लागि भन्दै गठन भएको संघका संयोजक माथि नै संगठनको मूल्य मान्यता पालना नगरेको, व्यक्तिगत स्वार्थमा लागेको, गैरजिम्मेवार कार्य गरेको लगायतका आरोप लगाएर हटाइएको छ।

यी आरोप सहित अध्यक्ष बर्खास्तीमा परेको दाबी सहित विज्ञप्ति प्रकाशित गरिएको छ। यसरी स्वतन्त्र पूँजीबजार सुधार संघ गठन भएको दुई महिना नबित्दै फूटेको छ ।

संयोजक कार्कीले एकपछि अर्को गरी लगानीकर्ताको आशा र भरोसा तुहाउने काम भएको आरोप नवगठित कार्यसमितिले जारी गरेको विज्ञप्तिमा आरोप लगाइएको छ ।

पूँजीबजार ध्वस्त पार्न खोज्ने नियमनकारी निकायले एकपछि अर्को गरी प्रतिकूल नीतिहरु ल्याउँदै गर्दा ती नीतिहरुलाई एकदम सही हो भन्ने किसिमको अभिव्यक्ति दिने, संघको मूल्य मान्यतालाई पालना नगर्ने, समितिका अन्य सदस्यहरुलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गर्न खोज्ने, जिम्मेवार भएर संयोजकको भूमिका नखेल्ने, वर्षौदेखि खोलिएका नाम मात्रका लगानीकर्ताका संघ(संगठनसँग मिलेर पुरानै शैली दोहोर्याउन खोज्ने र सामाजिक सञ्जालको सस्तो लोकप्रियतामा रमाउन खोज्नेजस्ता उदासीन र गैरजिम्मेवार गतिविधि देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सुधार संघका उपाध्यक्ष विनायक शिवाकोटी (आदित्य) को अध्यक्षतामा बसेको पूर्ण बैठकले नाम मात्रका संयोजक रोहन कार्कीलाई समितिमा रहेका बहुमत सदस्यहरुको हस्ताक्षर सहित साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैठकले सुशीलकुमार लुनियाँलाई सर्वसम्मत अध्यक्ष चुनेको पनि जनाएको छ । संघको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहसचिव, उपसचिव, सदस्यहरु क्रमशः विनायक शिवाकोटी, उमेशराज सिलवाल, रामकृष्ण ढकाल, अरुण बियानी, शिरिष आचार्य, रत्नकाजी महर्जन, राजेन्द्र खड्का, ज्यानेन्द्र झा, विमला न्यौपाने, सज्जा भूषाल र वरिष्ठ सल्लाहकारमा उमेशराज पाठक र ओमप्रसाद भट्टराईलाई चयन गरेको जनाएको छ ।

आरोपी कार्कीले भने आफूमाथि मिथ्या आरोपसहित प्रहार गर्ने काम भएको बताएका छन । निश्चित पात्रहरुको निर्देशनमा गैरकानूनी ढंगले बर्खास्तीको हास्यास्पद निर्णय भएको समेत उनले दाबी गरेका छन ।’म र सचिव तथा अन्य पदाधिकारीहरु समेत सँगैछौं । हामी कसैले बैठक बोलाएका छैनौ।’ उनले भन–’आधिकारिक रुपमा नबोलाइएको बैठकले कसैमाथि कारबाही गर्ने ल्याकत राख्दैन ।’

उनले आफूलाई बर्खास्त गर्नेहरु केही व्यक्तिको निर्देशन र स्वार्थमा हिँड्ने पात्रहरु भएका र उनीहरु जाँदैमा संगठनलाई कुनै घाटा नहुने दाबी समेत गरेका छन। ‘अब त झन् त्यस्ता स्वार्थी पात्रहरु साइड लागेका छन् । हाम्रो संगठन अझै बलियो भएर अगाडि बढ्छ ।’उनले भने–’ विवादित मानिसहरुको यस्ता गतिविधिले काम गर्ने हामीजस्ताका लागि नयाँ उर्जा र जोश पनि थप्दो रहेछ ।’ उनले संगठनको लेटरप्याड समेत दुरुपयोग भएको आरोप लगाएका छन ।

 

IME Life
kumari