citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

तरलता संकटले सेयर बजारमा करेक्सन

प्रथम त्रैमासिक समीक्षामा लगानीकर्ताहरुले सेयर धितो कर्जाको सीमा ४–१२ करोडको क्याप र सीडी रेसियोमा परिमार्जनको अपेक्षा गरेका थिए।

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको प्रभाव सेयर बजारमा नकारात्मक परेको छ।

यही कारण धितोपत्र कारोबार हुने साताको पहिलो दिन हिजो आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको थियो। प्रथम त्रैमासिक समीक्षामा लगानीकर्ताहरुले सेयर धितो कर्जाको सीमा ४–१२ करोडको क्याप र सीडी रेसियोमा परिमार्जनको अपेक्षा गरेका थिए।

तर, यी दुवै कुरामा परिमार्जन नहुँदा लगानीकर्ताको मनोबल गिर्दा बजारमा भारी गिरावट आएको विश्लेषकहरुको भनाइ रहेको छ।

हिजो सेयर बजार नेप्से ८०.२९ अंकले ओरालो लागेको थियो । यो सँगै नेप्से परिसूचक २६५१.४९ को विन्दुमा झरेको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १४.१९ अंकले घटेर ५०१.४५ को विन्दुमा झरेको छ। हिजो कारोबार रकम पौने ६ अर्ब रुपैयाँ बढीको भएको थियो।

बजार बिश्लेषकहरूले हिजोको सेयर बजारको घटाइलाई मौद्रिक नीतिको समीक्षा आशा गरेअनुसार नआउनुको परिणाम रहेको बताएका छन्।

हिजो कारोबार भने राम्रो भएको थियो, यसले गर्दा बजारमा केही आशा गर्ने ठाउँ भने छ। सधैं बजार यसरी घट्दैन, केही दिन करेक्सन होला, त्यसपछि बजार फर्किन सक्छ।

हाल मौद्रिक नीतिमा गरिएका व्यवस्थाहरुलाई अब बजारले सहज रुपमा लिनेछ। मुख्य समस्या तरलताको हो, तरलता सहज हुँदै जाँदा बजारको महौल पनि सकारात्मक बन्दै जान्छ भन्ने अनुमान गरिएको छ।

सक्रिय लगानीकर्ताहरू भन्छन( लगानीकर्ताको सेन्टिमेन्ट नेगेटिभ भएका कारण बजार हिजो घटेको हो। धेरै लगानीकर्ताले मौद्रिक नीतिमा ४–१२ करोडको क्याप र सीडी रेसियोमा संशोधन होला भन्ने आशा गरेका थिए, त्यसो नभएर पछि हिजो बजार प्रभावित बन्न पुग्यो ।

लाभांशको सिजन भएकोले बजार सकारात्मक नै हुने आशा गर्ने ठाउँ रहेको छ। अब केही दिन बजार साइडवेजमा जान सक्ने देखिन्छ। नयाँ लगानीकर्ताहरु सक्रिय नै रहेकोले पहिलोजस्तो बजार धेरै तल नजान सक्छ।

पछिल्लो समय नेपाली अर्थतन्त्रमा लगानीयोग्य रकम (तरलता) को संकट बढेको छ। कोभिड १९ को असर, आयात बढ्नु, सरकारको विकास खर्च नहुनु, वैदेशिक रेमिट्यान्स घटनु लगायत अन्य विभिन्न कारणले तरलतामा प्रत्यक्ष असर गरेको पाइन्छ ।

तरलता संकटको प्रत्यक्ष असर सेयर बजारमा पनि भएको देखिन्छ। सेयर बजारका साथै वित्तीय क्षेत्रका विज्ञहरु अहिले सेयर बजार ओरालो लाग्नुको मुख्य कारण कारण तरलता संकट नै रहेको विश्लेषण गर्छन् ।

अहिले तरलता संकटले निक्षेप,बचत र कर्जा लगानी प्रवाहमा पनि ब्याजदर बढ्दो छ। तरलता अभावले बजार घट्दा लगानीकर्ता मारमा परेकै छन तर यसको प्रत्यक्ष प्रभाव ब्रोकरहरुमा पनि परेको देखिन्छ ।

बजारमा सेयर प्लेजमा राखेर कारोबार गर्ने लगानीकर्ताहरुले बैंकबाट कर्जा नपाउँदा सेटलमेन्टमा समस्या आइरहेको छ। बैंकमा स्टेटमेन्ट पठाउँदा बैंकमा निक्षेप नै छैन भन्ने जबाफ आउँछ। अहिले अधिकांश ब्रोकरहरुलाई सेटलमेन्ट गर्न नै गाह्रो भइरहेको देखिएको छ।

ब्रोकरको पैसाले मात्र बजारमा कति दिन थेग्ने रु तरलता संकटले गर्दा बैंकले रोक्का राखेको सेयर धितोको कर्जा नै दिएका छैनन्। क्लाइन्टको सेयर खातामा गइसकेको छ। बैंकबाट कर्जा अनुमोदन नभएकाले ब्रोकरको पुँजीले मात्र सेटलमेन्ट गर्ने अवस्था पनि छैन।

कतिपय कर्जाहरु नवीकरण पनि नभएको स्थिति छ। अहिले तरलता संकटले गर्दा कुनै पनि बैंकले कर्जा वितरण गरेको छैन।

बैंकिङ प्रणालीमा तरलता संकट भएको बेला क्लाइन्टले सेयर धितो राखेर पैसा तिर्छुभन्दा ब्रोकरहरुले पनि पुनर्विचार गर्नुपर्ने अवस्था छ। ब्रोकरहरुले पनि कारोबार हुन्छ भन्दैमा लगानीकर्ताको कुरा सुनेर हौसिएर कारोबार गर्न बन्द गर्नुपर्ने अवस्था छ।

बैंकर्सहरू बैंकहरुमा अहिले सबै किसिमको कर्जा सबै ठप्प रहेको बताउँछन्। सीडी रेसियो अहिले ९० प्रतिशतभन्दा माथि छ । बैंकहरुको सीमाभन्दा १५ अर्ब बढी कर्जा वितरण भइसकेकाले अहिले बैंकहरुले कुनै पनि किसिमको कर्जा दिने अवस्था रहेको छैन।

डाटा नै हेर्दा पनि विगत एक महिनामा कर्जा लगानी बृद्वि शुन्य छ। तरलता संकटले गर्दा अहिले बैंकले सेयर धितो कर्जामात्र नभएर घर, जग्गा, अटो लोन लगायत कुनै पनि किसिमको कर्जा स्वीकृत गर्ने अवस्था छैन। बैंकहरुमा निक्षेप नै छैन। कर्जा कसरी दिने रु भन्ने प्रश्न बैंकर्सहरू गर्छन।

himalayan life insurance
igi long