citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

माफिया व्यापारी दुगडसँग रामदेवको गोप्य भेटघाट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अघिल्लो शुक्रवार भारतीय योगगुरु रामदेव र आर्चाय वालकृष्णको लगानी रहेको दुई भारतीय टेलिभिजन च्यानलको उदघाटन प्रधानमन्त्री शेर बहादुर देउवाले गरेका थिए, तर आस्था र पताञ्जली नेपाल नामक दुबै टेलिभिजनमा रामदेवको लगानी रहेको छ ।

नेपालमा वैदेशिक लगानीमा सञ्चार संस्था र टेलिभिजन सञ्चालन गर्न नपाउने कानुनी व्यवस्था हुँदा हुदै पनि प्रधानमन्त्री देउवालाई झुक्याएर नियम विपरित त्यसको उदघाटन गराइएको थियो। भारतीय योगगुरु रामदेव भारत मै आयुर्वेदिक उद्योग र संचार क्षेत्रको लगानीमा विवादास्पद मानिएका छन् ।

तिनै विवादास्पद व्याक्ति योगी रामदेवको लगानीमा नेपालमा दुई( दुई वटा टेलिभिजन खोल्न दिनु भनेको मुलुक कै लागि वेइज्जती हो,गैर कानुनी लगानी हो।

रामदेवले आफ्नो लगानीमा स्थापना गर्नका लागी उदघाटन गरिएका दुबै टेलिभिजनहरु कही कतै दर्ता नै नभएको भन्दै सुचना तथा प्रशारण विभागले गत आइतबार टोली नै खटाएर कार्यालयमा गएर छापा मारिसकेको छ।

नेपालमा वैदेशिक लगानी सञ्चार क्षेत्रमा लगानी गर्न प्रतिबन्ध लगाइएको छ । सञ्चार क्षेत्र भनेको रेडियो, एफएम, टेलिभिजन, अनलाईन र छापामाध्यम भन्ने बुझिन्छ । यी सञ्चार माध्यममा बैदेशिक लगानी ल्याउन नपाइने कानुनी व्यवस्था रहेको छ ।

आफ्नो लगानीमा टेलिभिजन उदघाटन कार्यक्रम सकिएपछि योगगुरु रामदेव र आर्चाय बालकृष्णले नेपालका बदनाम व्यापारीहरुसँग गोप्य रुपमा भेटघाट र छलफल गरेको रहस्य खुलेको छ ।

विवादास्पद व्यापारीमा रहेका शशिकान्त अग्रवाल र मोतिलाल दुगडलाई उनले गोप्य रूपमा भेटेर बदनाम व्यापारीको संरक्षण गर्ने काम गरेका छन । दुगडको लगानी भएका कतिपय कम्पनीहरुका विरुद्ध अहिले पनि अदालतमा मुद्दा रहेका छन् भने शशीकान्त अग्रवाल चीनी मिलका मालिक समेत हुन।

उनको चीनी मिलले अझै पनि हजारौं किसानलाई दुई वर्षदेखि उखु खरिद गरेको रकम भुक्तानी गरेको छैन। अग्रवालले भारतबाट भन्सार छलेर चीनी ल्याएर नेपालमा उत्पादन भएको चीनी भन्दै विक्री वितरण गरेको आरोप उनी माथि लाग्दै आएको छ ।

तिनै शशीकान्त अग्रवालको सल्लाह वमोजिम दुगड उद्योग राज्य मन्त्री रहेका वेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत थाहा नै नदिई दुगडले अग्रवाललाई नुनको आयात गरी नेपालमा विक्री वितरण गराउने प्रयास गरेका थिए ।

तर त्यसको व्यापक विरोध भएपछि दुुगड पछि हटेका थिए । अग्रवालका छोराले नुनको डिलर लिन सूचना आवहान गरी धेरै व्यक्तिवाट रकम असुल उपर गरी भागेका थिए । अहिले तिनै व्यक्तिहरुले रामदेवसँग गोप्य रुपमा अग्रवालकै होटलमा भेटघाट गरेर कतै फेरि अर्को षडयन्त्र त गरेका छैनन् भन्ने प्रश्न समेत उठेको छ । रामदेव र आचार्य बालकृष्णले नेपालमा यस्तै ठग व्यापारी र भष्ट नेताहरूलाई भेटघाट गरेका छन।

 

IME Life
kumari