citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

मनकामना केवुलकार २४ औं वर्षमा प्रवेश

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । चितवन को–ई समूहअन्तर्गत मनकामना दर्शन प्रा.लि.द्वारा सञ्चालित नेपालकै पहिलो र सफल मनकामना केबुलकारको सञ्चालन आज मंसिर ८ बाट २३ वर्ष पूरा गरी २४ औं वर्षमा प्रवेश गरेको सो कम्पनीले जनाएको छ।

वि।सं। २०५५ मंसिर ८ गते बाट नियमित सञ्चालनमा आएको केवुलकारले सञ्चालनदेखि हालसम्म करिब १ करोड ६० लाख यात्रु तथा भक्तजनलाई स्तरीय सेवा प्रदान गरिसकेको कम्पनीले जनाएको छ ।

सञ्चालनपश्चात मनकामना क्षेत्र र यस आसपासका क्षेत्र एक प्रमुख पर्यटकीय गन्तव्य हुन गएको छ र यस सेवा पश्चात सो क्षेत्रमा उल्लेखनीय रूपमा आर्थिक, भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि सबै क्षेत्रमा विकास भई विश्वसामु समेत मनकामनाको ख्याति प्रचार–प्रसार भएको जनाइएको छ ।

विश्व प्रख्यात अस्ट्रियाको Doppelmayr कम्पनीको प्रविधिबाट सञ्चालित यस केवुलकारबाट विश्वस्तरीय सेवा प्रदान गरिँदै आएको कम्पनीले जनाएको छ।

सञ्चालन २४ वर्षमा प्रवेश गरेका साथै प्रविधि पुरानो हुँदै गएको र धेरै नवीनतम प्रविधिको विकास भइरहेको र मर्मतसम्भार खर्चसमेत अत्याधिक भइरहेको र स्पेयर पार्टस् पाउनसमेत केही वर्षभित्र कठिनाइ आउन सक्ने परिप्रेक्षमा यही आ.व. २०७८/०७९ बाट केवुलकारको प्रविधिको स्तरोन्नति समेत गरिने कम्पनीले जनाएको छ।

हाल रहेको Analogue System लाई डिजिटल प्रविधिमा (डी–कनेक्ट) तीन चरणमा स्तरोन्नति गरिने कम्पनीले जनाएको छ। स्तरोन्नति कार्य सकभर लो सेसनमा गरिने व्यवस्था गरिएको र सकभर कम समयमा कार्य चरणबद्ध रूपमा गरिने भएकोले नियमित सञ्चालन समेत भइरहने जनाइएको छ । स्तरोन्नति यही चालु आर्थिक र आगामी आर्थिक वर्षको भदौ महिनासम्म सकिने लक्ष्य कम्पनीले राखेको जनाएको छ।

himalayan life insurance
igi long