citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

ग्लोबल कलेज र लक्ष्मी ग्रुपको अटोमोबाइल डिभिजनबीच सम्झौता

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । ग्लोबल कलेज इन्टरनेशनल र लक्ष्मी ग्रुपको अटोमोबाइल डिभिजनबीच साझेदारी गर्ने सम्झौता भएको छ । विद्यार्थीलाई अटोमोबाइल्स सम्वन्धी ज्ञान ताथ सिपको विकास गर्ने तथा विद्यार्थीमा इन्टरप्रेनरसिपको विकासगरी इन्टर्नसिपको अवसर प्रदान गर्ने लक्ष्य सहित समझदारी गरिएको कलेजले जनाएको छ ।

जिसिआइसँगको सहकार्यले नेपालको अटोमोबाइल क्षेत्रमा नयाँ उद्यमीले विभिन्न अवसर प्राप्त गर्ने लक्ष्मी ग्रुपको विश्वास छ । दुवै संस्थाले विद्यार्थीलाई व्यवहारिक तथा व्यावसायिक ज्ञान प्रदान गरि सेवा आदानप्रदान गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

सम्झौताले दुई संस्थाबीचको सम्वन्ध स्थापित गर्नमात्र नभई माहामारीको यो समयमा तालिमको उपयोगितालाई पनि प्रवद्धर्न गर्ने अटोमोबाइल डिभिजनका एचआर हेड सुधिर बोगटीले बताए ।

 

himalayan life insurance
igi long