stcnepal long ad
global ime bank long

काठमाडौँ प्रवेश नाकामा कोविड खोप केन्द्र: भेरोसेल र कोभिशिल्ड खोप दिइने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । बाहिरी जिल्लाबाट काठमाडौँ प्रवेश गर्ने ४ वटा नाकामा कोविडविरुद्धको भ्याक्सिन केन्द्र स्थापना गरिएको छ । काठमाडौँ महानगरको स्वास्थ्य विभागले जिल्ला स्वास्थ्य कार्यालयसँग सहकार्य गरेर कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क गोङ्गबुमा १ महिने खोप कार्यक्रम चलाएको हो ।

मंसिर ५ गतेबाट सुरु भएको कार्यक्रम पुस ५ गतेसम्म चल्नेछ । काठमाडौँ प्रवेश गर्ने १८ बर्ष उमेर पूरा भएका नागरिकलाई उमेर खुलेको प्रमाण कागजका आधारमा खोप दिइनेछ ।

‘हामी काठमाडौँ महानगरबासीसँगै काठमाडौँ आउने जाने सबैको स्वास्थ्य सुरक्षामा जिम्मेवार छौँ । त्यसैले काठमाडौँ प्रवेश गर्ने १८ बर्ष उमेर समूहमाथिका सबै नागरिकलाई प्रवेश नाकामै खोप उपलब्ध गराउन लागेका हौँ ।’

खोप कार्यक्रमका बारेमा महानगरका प्रमुख विद्यासुन्दर शाक्य भन्नुहुन्छ, ‘संघीय नेपालको केन्द्रीय राजधानी सहर भएकोले हामीले काठमाडौँ महानगरबाहिरका नागरिकलाई पनि सेवा दिएका हौँ । देशका सबै नागरिक स्वस्थ्य भए भने काठमाडौँ पनि सुरक्षित हुन्छ ।

त्यसैले हामीले आफ्नो भौगोलिक र कार्य क्षेत्रबाहिर गएर पनि स्वास्थ्य क्षेत्रमा लगानी बढाएका छौँ ।’ यस अघि पनि हामीले सरकारी र सामुदायिक अस्पतालहरुलाई कोविड विरुद्धको अभियान अन्तर्गत औजार, उपकरण, सामाग्री तथा स्रोत परिचालनमा सहयोग गरेका छौँ ।

आवश्यक पर्नेलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने गरेका छौँ, प्रमुख शाक्यको भनाइ छ ।
महानगरको स्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर भन्नुहुन्छ, ‘खोप केन्द्रबाट भेरोसेल, कोभिसिल्ड÷एक्ट्राजेनिका खोप उपलब्ध हुनेछ ।’

खोप लगाउन विद्युतीय दर्ता चाहिएला नि? प्रश्नको उत्तरमा कुँवर भन्नुहुन्छ, उमेर खुल्ने सरकारी कागज चाहिन्छ । यति भए हामी खोप दिन्छौँ ।

यससँगै महानगरका सवै (३२ वटै) वडाहरुबाट मंसिर ७ र ८ गते कोविडविरुद्धको पहिलो र दोस्रो मात्राको खोप कार्यक्रम सञ्चालन हुने भएको छ । वडा खोप समन्वय केन्द्रले वडामा तोकेको केन्द्र र जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले तोकेका अस्पतालहरुबाट खोप दिइनेछ ।

यसमा १८ बर्ष उमेर समूह माथिका यस खोप लगाउन छुटेका सवै नागरिक र यस अघि पहिलो मात्रा लगाएर ८ हप्ताको समय कटिसकेकाहरुलाई दोस्रो मात्रा दिइने स्वास्थ्य विभागले जनाएको छ । यसमा भेरोसेल, कोभिसिल्ड÷एक्स्ट्राजेनिका खोप उपलब्ध हुनेछन् ।

IME Lifesidebar
kumari