stcnepal long ad
global ime bank long

ग्लोबल आइएमई लघुवित्तको प्रथम त्रैमासिक समीक्षा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. ३ र ४ अन्तर्गत रहेको ३५ वटा शाखाको आर्थिक वर्ष २०७८/०७९ को प्रथम त्रैमासिक समीक्षा शाखा प्रबन्धक गोष्ठी सम्पन्न गरेको जनाइएको छ।

पोखराको लेकसाइडस्थित एमवाई होटेलमा गत मंसिर ५ र ६ गते सञ्चालन भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले उदघाटन गरेका थिए।
कार्यक्रममा विभागीय प्रमुखहरुले ३५ वटा शाखाको प्रथम त्रैमासिक समीक्षा र शाखा प्रबन्धक गोष्ठीका लागि सहजीकरण गरेका थिए । यस क्रममा शाखा प्रबन्धकहरुले कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौती, भावी रणनीति प्रस्तुत गर्दै शाखाको लक्ष्यअनुसारको प्रगति हासिल गर्ने प्रतिबद्धता जनाएको सो संस्थाले जनाएको छ।

कार्यक्रमको समापनमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत जोशीले उत्कृष्ट शाखाहरुलाई प्रशंसापत्र प्रदान गर्दै वित्तीय संस्थाले हाल भोग्नुपरेका समस्याका साथै लघुवित्तको चुनौती तथा अवसरहरुका बारेमा जानकारी गराएका थिए।

उनले वित्तीय संस्थाको चालु त्रैमासको लक्ष्य प्राप्तिका रणनीतिसँगै सफलताको शुभकामना पनि दिएका थिए।

कार्यसञ्चालन विभाग प्रमुख सुदिप आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरुलगायत ३५ जना शाखा प्रबन्धकहरुको सहभागिता रहेको थियो।

IME Lifesidebar
kumari