citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या एक लाख ३६ हजार पुुगे

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/०७९ मा पहिलो चार महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या एक लाख ३६ हजार पुुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार कात्तिकमा करिब ५५ हजार, असोजमा ४० गरी ९५ हजार, साउन र भदौमा ४१ हजार ८४१ ले श्रम स्वीकृति लिएर विदेश गएका छन् ।

पछिल्लो कात्तिक महिनामा ५० हजार ६२३ पुरुष र चार हजार २९५ महिला गरी ५४ हजार ९१८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

कात्तिकमा श्रम स्वीकृति लिएकामध्ये ३० हजार १८ जनाले पहिलो पटक श्रम स्वीकृति लिएका छन् भने बाँकीले पुनः श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

विभागका अनुसार चालू आवको साउनमा २५ हजार ४२८ र भदौमा १६ हजार ४००, असोजमा ४० हजार र कात्तिकमा ५५ हजारले श्रम स्वीकृति लिएका छन् । यो सङ्ख्या गत आर्थिक वर्षको सुरुको चार महिनाभन्दा तेब्बरले बढी हो ।

प्रमुख गन्तव्य कतार
चालू आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीका लागि धेरैको रोजाइमा कतार भएको छ । सो अवधिमा ५० हजारभन्दा बढी श्रम स्वीकृति लिएर कतार गएका छन् । कतारपछि साउदी अरब जान लगभग ४२ हजारले श्रम स्वीकृति लिएका छन् । त्यस्तै संयुक्त अरब इमिरेट्स ९यूएई०, मलेसिया, कुुवेत, ओमान र बहराइनलगायतका देश छन् ।

विभागका अनुसार कात्तिकमा विदेश जान श्रम स्वीकृति लिएकामध्ये १२ जना मात्र उच्च दक्षता भएका छन् । सो अवधिमा ६८ जना व्यावसायिक रूपमा गइरहेका छन् भने चार हजार ६५९ जना अर्धदक्ष छन् । यस्तै कात्तिकमा वैदेशिक रोजगारीमा जानेमध्ये २३ हजार ४५६ जना दक्ष र २६ हजार ७२३ जना अदक्ष रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

सरकारले वैदेशिक रोजगारीमा जाने युवाका लागि कोरोनाविरुद्धको खोप व्यवस्थापन गरेपछि पछिल्लो समय करार रद्द गरेर आएका श्रमिक पनि पुनः वैदेशिक रोजगारीमा जान थालेपछि श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको हो ।

विभागका अनुसार पछिल्लो तीन आर्थिक वर्षमा प्रमुख सात श्रम गन्तव्य यूएई, कतार, मलेसिया, साउदी अरब, बहराइन, कुवेत र ओमानमा जानेको सङ्ख्या सबैभन्दा बढीले घटेको थियो । आर्थिक वर्ष २०७६/०७७ तीन लाख ६८ हजार ४१३ वैदेशिक रोजगारीमा गएकामा आर्थिक वर्ष २०७७/०७८ मा सो सङ्ख्या एक लाख ६६ हजार ३०५ मा सीमित भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा पाँच लाख सात हजार ८१७ नेपाली श्रम स्वीकृति लिएर विदेश गएका थिए ।

himalayan life insurance
igi long