citizens life insurance long ad
stcnepal long ad

अमेरिकाले दिने एक लाख फाइजर खोप आज नेपाल आउँदै

बालबालिका तथा दीर्घ रोगीहरुलाई समेत लगाइने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं।अमेरिकाले दिने १ लाख ६ सय २० डोज फाइजर खोप आज नेपाल आइपुग्ने भएको छ । अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत नेपाललाई खोप उपलब्ध गराएको हो ।

१२ वर्षमाथि र १८ वर्ष मुनिका बालबालिकामा लगाउन मिल्ने भए पनि बालबालिकाले भने खोप लगाउन पाउने छैनन् । अस्पतालमा उपचाररत् क्यान्सर, मुटु तथा मधुमेह, दम र एचआइभीलगायत रोग प्रतिरोधात्मक क्षमता कम भएका ब्यक्तिहरुलाई यो खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पहिलो पटक भित्रिएको फाइजरको खोपलाई ट्रयालको रुपमा प्रयोग गर्न लागिएको हो । माइनस ७० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने यो खोप राख्न आवश्यक पर्ने एक सय लिटर क्षमताका ४ वटा फ्रिजर युनिसेफले नेपाललाई उपलब्ध गराइसकेको छ ।

सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज खरिद सम्झौता गरिसकेको छ । आगामी पुससम्ममा उक्त खोप नेपाल आइपुग्ने भएकाले खोप भण्डारणका लागि भौतिक पूर्वाधार निर्माणको काम भईरहेको पनि मन्त्रालयले जनाएको छ ।

IME Life
kumari