citizens life insurance long ad

दूग्ध विकास संस्थान कर्मचारीद्वारा महाप्रबन्धकलाई कार्यालय प्रवेशमा रोक

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । २० बुँदे माग अघि सारेका नेपाल दूग्ध विकास संस्थानका कर्मचारी आन्दोलनमा उत्रेका छन् । गत पुसमा संस्थानको व्यवस्थापनसँग भएको सम्झौता कार्यान्वयन गर्ने प्रतिवद्धता पुरा नगरेको भन्दै उनीहरु कार्तिक २ गतेबाट आन्दोलनमा उत्रिएका छन् ।

व्यवस्थापनले माग पूरा गर्नेतर्फ आवश्यक पहल नगरेको संस्थान कर्मचारी संघको आरोप रहेको छ । संघका कर्मचारीले संस्थानको कार्यालयमा महाप्रबन्धक तथा उपमहाप्रवन्धकलाई प्रवेश निषेध भन्दै कालो ब्यानर टाँसेका छन् ।

संस्थानमा वर्षौंदेखि कार्यरत दैनिक ज्यालादारी कर्मचारीहरुलाई करार नगरेको, दुध तथा दुग्ध पदार्थहरुको बिक्री बितरणमा वृद्धि गर्न नसकेको, संस्थानलाई नाफामा लैजान नसकेको, संस्थानमा कार्यरत कर्मचारीहरुलाई अनावश्यक रुपमा दुःख दिने मनसायले सरुवा गरेको, दोस्रो लकडाउनमा संस्थानमा कार्यरत कर्मचारीहरुलाई लकडाउन भत्ता उपलब्ध नगराएको लगायत आरोप संघले व्यवस्थापनमाथि लगाएको छ ।

आफ्ना मागहरु पूरा नभएसम्म संस्थानको दूध संकलन, उत्पादन, विक्री–वितरण लगायतका कामहरु नरोकिने गरी संस्थानका महाप्रवन्धक तथा निमित्त उपमहाप्रवन्धकलाई प्रवेश निषेध गरिएको कर्मचारीले बताएका छन् । संघले गर्ने आन्दोलनले कृषक, दुध तथा दुग्ध पदार्थ विक्रेता, उपभोक्ता कसैलाई समस्या नपार्ने उनीहरुको भनाइ रहेको छ।

IME Life
kumari