citizens life insurance long ad
stcnepal long ad

दशैं मान्न उपत्यकाबाट १० लाख गाउँ गए

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  दशैं मान्न असोज १० गते यता आज बिहान सम्म करिव ९ लाख ५० हजार नागरिकले काठमाण्डौं उपत्यका छाडेका छन्। दशैं, तिहार, छठलगायतका पर्वमा घर जानेको संख्या दैनिक बढिरहेको छ।

दशैंको टिकाका दिनसम्म उपत्यका छाडने यात्रु हुने गर्छन। महानवमीको साँझ सम्म दशैंमा घर जान नयाँबसपार्क,चावहिल, गौशाला, कोटेश्वर,बल्खु,कलंकी र त्रिभुवन विमानस्थलमा भिडभाड हुने गर्दछ।

असोज महिनाको १० गतेबाट अहिलेसम्म उपत्यका छाड्नेको सङ्ख्या ९ लाख पुगेको र अझै बढ्ने देखिएको यातायात व्यवसायीले बताएका छन्। यो वर्ष गत वर्षभन्दा दोब्बर यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताएका छन्।

उनका अनुसार दशैंको अघिल्लो दिनसम्ममा झन्डै १२ लाख उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ। सिटौलाले भने, ‘दुई–तीन दिनमा उपत्यका छाड्नेको सङ्ख्या अझै बढ्नेछ।’

दुई वर्ष पहिलेसम्म २० लाखभन्दा बढीले दशैंको समयमा उपत्यका छाड्ने गरेका थिए। गत वर्ष कोभिड सङ्क्रमणको जोखिम रहेकाले त्यो सङ्ख्या आधा भन्दा बढी घटेको थियो। झन्डै ४–५ लाखले मात्रै गत वर्ष उपत्यका छाडेको अनुमान गरिएको थियो।

यो वर्ष गत वर्षभन्दा बढी यात्रु भए पनि सामान्य अवस्था भन्दा धेरै कम छन्। उनले भने, ‘अघिल्लो वर्ष अग्रिम टिकट नै खुलाइएको थिएन, अहिले खुलाइएको छ।’

सरकारले घटस्थापना असोज २१ देखि नै सवारीसाधन जुनसुकै रुटमा गुड्न पाउने गरी खुला गरिसकेको छ। यातायात व्यवसायीले सोही दिनदेखि अग्रिम टिकट खुलाएको थियो। यात्रुलाई समस्या नहोस् भनी ठाउँठाउँमा विभिन्न स्थानमा सहायता कक्ष रहेका छन्।

घटस्थापनाको केही दिनसम्म पनि कार्यालय सञ्चालन हुने भएकाले सार्वजनिक बिदादेखि नै उपत्यका छाड्नेको सङ्ख्या बढ्ने गर्छ। यतिबेला यात्रु एकोहोरो जाने मात्रै धेरै रहेको महासचिव सिटौलाले बताएका छन।

विजयादशमीको दिनदेखि भने काठमाण्डौ उपत्यका फर्कनेको सङ्ख्या धेरै हुनेछ । उनले भने, ‘अहिले भरिएर गएका बस रित्तै आइरहेका छन् भने टीकाको भोलिपल्टदेखि यहाँबाट रित्तै गएर उताबाट भरिएर आउँछन् ।’

दशैंको समयमा सडकमा सवारी साधनको चाप बढ्ने भए पनि यो वर्ष देशभरका धेरै सडक बिग्रिएका थिए। केही दिन पहिलेसम्म पनि वर्षा नरोकिएकाले मर्मत सुरु गर्न नसकिएको सडक विभागले जनाएको थियो।

एक सातायता भने तीव्र रुपमा मर्मत भइरहेको छ। दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म नै फर्किनेको चाप भएकाले सडक तयारी अवस्थामा हुनुपर्ने सिटौलाले बताएका छन।

IME Life
kumari