stcnepal long ad
ime life insurance
national life
global ime bank long

 नवरात्रको तेस्रो दिन आज : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज शनिबार दसैँघर तथा शक्तिपीठमा नवदुर्गामध्येकी चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै छ। चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको बताइएको छ। शिरमा घण्टा आकारको चन्द्रमा भएकाले यिनको नाम चन्द्रघण्टा भनिएको हो। सिंहमाथि बसेकी यिनको १० हातमा खड्ग, तरबार, गदा, ढाल चक्र धनुषलगायत शस्त्र अस्त्र छन्।

भयनाश, दुष्टप्रवृत्तिको नाश र आध्यात्मिक तथा आत्मिक शान्तिका लागि चन्द्रघण्टा देवीको आराधना गरिन्छ। विधिपूर्वक आराधना गर्नाले काममा आइपर्ने बाधा व्यवधान हट्ने पनि विश्वास गरिन्छ।

नवरात्रमा भगवती दुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ। प्रत्येक दिन एक एक देवीको आराधना गरी नौ दिनमा नवरात्र अनुष्ठान पूरा गरिन्छ। पुराण अनुसार विभिन्न समयमा भगवती पार्वतीले लिएको रूपलाई नै नवदुर्गाका रूपमा पूजा आराधना गरिएको हो। दुष्टको विनाश र सज्जनको रक्षाका लागि देवी पार्वतीले समय९समयमा विभिन्न रूप लिएकी थिइन्।

आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी घडामा आह्वान गरी नौ दिनसम्म दुर्गाका नौ स्वरूपको आराधना गर्ने परम्परा छ। यसै घडामा महाकाली–महालक्ष्मी–महासरस्वतीको पनि आराधना गरिन्छ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari