stcnepal long ad
ime life insurance
national life
global ime bank long

पुननिर्माण पछि इनाखा गणेश मन्दिर उद्घाटन

काठमाडौँका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोड्ने अभियानमा छौँः मेयर शाक्य

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा २१ मा रहेको इनाखा गणेश मन्दिरको आज उद्घाटन भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र संघीय संसद एवं पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठले संयुक्त रुपमा मन्दिरको उद्घाटन गर्नुभएको हो ।

उद्घाटनपछि बोल्दै प्रमुख शाक्यले, काठमाडौँका ऐतिहासिक सम्पदालाई धार्मिक पर्यटनसँग जोडेर मौलिक पहिचानको प्रवर्धन र स्थानीयको आयमा वृद्धि गर्ने दुईटा काम एकै पटक सञ्चालन गर्ने नीतिअनुरुप महानगरले काम गरिरहेको उल्लेख गर्नुभयो ।

हामी नवनिर्माणलाई होइन, पुननिर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । भएकालाई बचाउने काम पहिलो हो । त्यसपछि आवश्यकताका आधारमा नवनिर्माण गरौँला । प्रमुख शाक्यले भन्नुभयो, ‘विवाद नभएका सम्पदाको मर्मत, सम्भार वा पुननिर्माण भएका छन् ।

विवाद भएका र गुठी संस्थान, पुरातत्व विभाग लगायत निकायसँग स्वामित्व भएर महानगरको हातमा नभएका सम्पदामा काम गर्न पाएका छैनौँ ।्’ उहाँले गुठी संस्थानको स्वामित्वमा भएको जग्गाको सन्दर्भ उठाउँदै भन्नुभयो, ‘गुठीले धेरै आफ्नो जग्गामा कम्प्लेक्स बनाउन थालेको छ । त्यहाँ कम्प्लेक्स बनाउने होइन । जग्गा हामीलाई दिनोस् । हामी तपाईले गर्ने आय कति हो, दिन्छौँ । त्यहाँ हामी खुल्ला ठाउँ र पार्क बनाउँछौँ ।’

घुम्न जाने संस्कृति विकास भएको विषयमा प्रमुख शााक्यले, ‘आफ्नो घर नजिकै रहेका मन्दिर छाडेर टाढा जाने गरेका छौँ । नजिकका सुन्र ठाउँको भ्रमण अवलोकन गरौँ । यो सस्तो पनि हुन्छ । र मनोरञ्जनात्मक पनि हुन्छ । उहाँले आन्तरिक पर्यटकलाई काठमाडौँका सम्पदाको भ्रमण गर्न अनुरोध गर्नुभयो ।

आज उद्घाटन गरिएको मन्दिर नजिक सवल बहालमा रहेको २ सय १४ वर्ष पुरानो नासः मन्दिरको उद्घाटन गर्नुभएको थियो । त्यस्तै वडा १२ मा रहेको पुखुसी महादेव मन्दिरको पनि उद्घाटन भइसकेको छ ।

कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौँ महानगरपालिकाले अघि बढाएको सम्पदा निर्माण–पुर्ननिर्माणको अभियानमा साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
महानगरले धेरै काम गरेको मैले अनुभूति गरेको छु । ठूलो ठाउँ भएकोले अपेक्षा धेरै बाँकी हुन सक्छन् ।

पूर्वमन्त्री श्रेष्ठले भन्नुभयो, ‘अपेक्षा बाँकी हुनु भनेको काम नहुनु होइन । धेरै काम भएका छन् । महानगरले अब जनताका अपेक्षालाई क्रमशः पूरा गर्दै जानुपर्छ ।’
मन्दिर पुननिर्माणअन्तर्गत पहिलो चरणमा करीव ६६ लाख ६२ हजार रुपैयाँमा काम भएको थियो ।

त्यसमा काठमाडौँ महानगरपालिकाले ५५ लाख रुपैयाँ उपलब्ध गराएको थियो । उपभोक्ता समितिका अध्यक्ष महेन्द्रमान सिंह डंगोलका अनुसार दोस्रो चरणमा करीव १४ लाख रुपैयाँको काम भयो । त्यसमा महानगरले थप ६ लाख ९९ हजार रुपैयाँ उपलब्ध गराएको थियो ।

मन्दिर उद्घाटनपछि पुननिर्माणमा सहयोग गर्ने दाता र स्थानीयलाई सम्मान पत्रबाट सम्मानित गरिएको थियो । त्यस अवसरमा वडाध्यक्ष उदयचुडामणि बज्राचार्य सहित जनप्रतिनिधिहरु सहभागी हुनुहुन्थ्यो ।

पुननिर्माणका लागि इनाखा युवा क्लवले पनि लागत सहभागिता जनाएको छ । समितिका अध्यक्ष डंगोलकाअनुसार पुननिर्माण गर्दा आसनलाई करीव ३ फुट उचाइको बनाइएको छ भने सडकमै रहेकोले १८ इन्च दायाँ सारिएको छ ।

मन्दिरका पुजारी राजु डंगोलकाअनुसार यो मन्दिर करीब ३ सय बर्ष पुरानो हो । मन्दिरमा प्रस्तर गणेश मूर्ति छ । पित्तलको मूर्ति भने पुजारीको घरमै राख्ने गरिन्छ । हरेक बर्ष भाद्र शुक्ल चौथीमा मन्दिरमा ल्याएर पञ्चमीका दिन फेरि घरमै लगिन्छ । नित्य पूजा भने प्रस्तर मूर्तिमा गरिन्छ ।

 

IME Lifesidebar
kumari