stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

‘उद्योगी, व्यापारीकै प्रतिष्ठानमा छापा मार्नुपर्छ’

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल सोमबार, ३ चैत्र २०७६

पूर्व अर्थ सचिव एवं राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले व्यावसायिक संघ–संगठनका अध्यक्षका उद्योग तथा प्रतिष्ठानमा सरकारले छापा मार्नुपर्ने बताउनु भएको छ।

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो।

व्यावसायिक संघसंगठनहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षको फर्म तथा व्यावसायिक प्रतिष्ठानमा सरकारले छापा मार्नुपर्ने पूर्वसचिव बाँस्कोटाको सुझाव छ।

उहाँले महासंघकी अध्यक्ष भवानी राणा, परिसंघका अध्यक्ष शतीश मोर र चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठको उद्योग तथा फर्महरूबाटै कालोबजारी हुने गरेको भन्दै सरकारले ती फर्ममा छापा मार्नुपर्ने बताउनु भयो।

‘ठूला भनिएका उद्योग तथा प्रतिष्ठानले नै उपभोक्तामाथि कालोबजारी गरिरहेका छन्’, पूर्वसचिव बाँस्कोटाले भन्नुभयो– ‘भवानी राणा, शतीश मोर र राजेशकाजी श्रेष्ठको उद्योग, प्रतिष्ठान तथा फर्ममाथि नै छापा मार्नुपर्छ।’

वाणिज्य विभागको पूर्व महानिर्देशक तथा पूर्व राजश्व सचिव समेत रहनुभएका बाँस्कोटाले बजार अनुगमन कर्मकाण्डी मात्रै भएको आरोप लगाउनु भयो । आजको नेपाल समाचारपत्रबाट

prabhu mahalaxmi
kumari