citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सरकारले दशैं तिहारमा ३९ स्थानमा सहुलियत पसल सञ्चालन गरिने

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौं । सरकारले आगामी असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशका ३९ स्थानमा सहुलियत पसल सञ्चालन गरिने जनाएको छ । उक्त सहुलियत पसल कात्तिक २४ गतेसम्म सञ्चालन हुनेछ ।

सहुलियत पसलमा सरकारले छुट सहित खाद्य वस्तुको बिक्री गर्ने छ । जसमा मसिनो चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट हुनेछ । यस्तै, सिमी प्रतिकिलो १० रुपैयाँ, नुन प्रतिकिलो २ रुपैयाँ, चिनी प्रतिकिलो ५ रुपैयाँ छुट पाइने मन्त्रालयले बताएको छ ।

यसैगरी, खसीबोका प्रतिकिलो १० रुपैयाँ र दुग्ध विकास संस्थान मार्फत बिक्री हुने घ्यू, दुध र पनिरमा पनि छुट दिने बताइएको छ ।

himalayan life insurance
igi long