stcnepal long ad
global ime bank long

वरिष्ठ साहित्यकार डा. डीपी भण्डारीको निधन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल शनिबार, १ चैत्र २०७६ काठमाडौँ ।

वरिष्ठ साहित्यकार प्रा. डा. डीपी भण्डारीको निधन भएको छ। ८५ वर्षीय साहित्यका भण्डारीको शनिबार धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

अस्पतालका निर्देशक अनिल ओड्युभिलले भण्डारीको शनिबार बिहान पौने १२ बजे निधन भएको बताए।

श्वास्प्रश्वाससम्बन्धी समस्या र हाइपरटेन्सनबाट ग्रसित भण्डारी गत फागुन २१ गते अस्पतालमा भर्ना भएका थिए।

लामो समय त्रिभुवन विश्वविद्यालयका प्रध्यापन गर्नुका साथै  विभिन्न देशमा विश्वविद्यालयमा ‘भिजिटिङ प्रोफेसर’का रूपमा पनि काम गरेका थिए।

भण्डारीका उण्डारीका ‘रोटी र फूल’, ‘त्यो घर्ती, त्यो आकाश’, ‘मृगस्थली’, ‘निरो बाँसुरी बजाइरहेछ’लगायत निबन्धसंग्रह प्रकाशित छन्। उनले विभिन्न पत्रपत्रिकामा स्तम्भ लेखनसमेत गरेका थिए।

भण्डारीको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।उनका दुई छोरा डा. शरद भण्डारी र ई. शैलेश भण्डारी छन्।

IME Lifesidebar
kumari