stcnepal long ad
national life

उपभोक्ता ठग्ने चार सय फर्म कारबाहीमा, एक करोड १६ लाख ७२ हजार रुपैयाँ राजश्व सङ्कलन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल शनिबार, १ चैत्र २०७६

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्षको पहिलो आठ महिनामा चार सय चार वटा फर्मलाई कारबाही गरेको छ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेका फर्मबाट एक करोड १६ लाख ७२ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ। उनका अनुसार काठमाडौँ उपत्यका र उपत्यका बाहिर बजार अनुगमनका क्रममा विभिन्न फर्म तथा उद्योगलाई कारबाही गरी जरिवाना तिराइएको हो।

विभागले चालु आर्थिक वर्षको साउनदेखि फागुनको १६ गतेसम्म काठमाडौँ सहित विभिन्न जिल्लाका एक हजार दुई सय ३३ फर्म तथा उद्योगमा अनुगमन गरेको जनाएको छ। विभागको तथ्याङ्क अनुसार बजार अनुगमनका क्रममा १४४ फर्मलाई स्पष्टीकरण, ५४१ फर्मलाई निर्देशन, २१ फर्मको नमुना परीक्षणका लागि लिइएको र ४८ फर्मको कारोबार रोक्का गरिएको छ।

त्यस्तै, अनुगमनका क्रममा भेटिएका एक करोड ५३ लाख ७८ हजार बराबरका गुणस्तरहीन, म्याद समाप्त भएका वस्तु नष्ट गरिएको महानिर्देशक सुवेदीले बताए ।

विभागमा गरिमा जातको नक्कली धानको बीउका बारेमा उजुरी परेपछि विभागले विभिन्न १७ फर्मलाई कारबाही गरेको छ। किसानको उजुरी पछि गठित टोलीले स्थलगत रूपमा अनुगमन तथा निरीक्षण गरी बीउ आयातकर्तालाई तीन लाख र अन्य बिक्रेतालाई दुई लाख रुपैयाँका दरले जरिवाना तोकेको थियो।

कारबाहीमा परेका १७ फर्ममध्ये लमही नगरपालिका–३ दाङको सनराइज एग्रिकल्चर रिसर्च प्रा.लि.लाई तीन लाख र अन्य १५ फर्मलाई दुई लाख र एक फर्मलाई २० हजार जरिवाना गर्दा ३१ लाख २० हजार रुपैयाँ राजश्व सङ्कलन भएको जनाएको छ।

महानिर्देशक सुवेदीका अनुसार चालु आवमा एक हजार फर्मको अनुगमन गर्ने लक्ष्य थियो तर हामीले लक्ष्य पूरा गरी थप एक हजार फर्मको अनुगमन गर्ने लक्ष्य लिइएको छ।

gold
kumari bank
kumari
nawakantipur long