stcnepal long ad
ime life insurance
national life
global ime bank long

कागेश्वरीको प्रतिमा निर्माण सम्पन्न

असोजमा उदघाटन गरिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । संसारकै ठूलो अष्टधातुको काग काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं १ कागेश्वरीमा निर्माण सम्पन्न भएको छ । कागको प्रतिमामा रङ्ग पनि भरिसकिएको छ ।

भाद्र ०५ गते बिहान कागेश्वरीको प्रतिमा निर्माण समितिको बैठक बागमती प्रदेश सभा सदस्य रामेश्वर फुयालको उपस्थितिमा बसेको र उदघाटन कार्यक्रम सम्बन्धी छलफल भएको छ ।

कागको प्रतिमा कागेश्वरी मेलाका समयमा आगामी असोजमा उदघाटन गर्ने योजना रहेको छ। यो प्रतिमा जडान गर्न जनताले कवाड दान दिएका थिए ।

काठमाडौँ जिल्लाको शंखरापुर नगरपालिकाको जहरसिँहपौवामा गणेशमा राजनेता उद्यानमा राजनेताहरु र रसुवा जिल्लाको गोसाँईकुण्डलाई धार्मिक पर्यटन गन्तव्य बनाउन २७ फिटको शिब मूर्ति,राष्ट्रिय विभूति अमरसिँह थापाको पूर्णकदको मूर्ति पनि जनताबाट कवाड संकलन गरेर बनाँउने योजना बन्दैछ ।

बागमती प्रदेश सरकारले भौतिक संरचनाका लागि दुबै योजनाका लागि रकम विनियोजन गरिसकेको छ ।गोसाँईकुण्डमा २०७८ भाद्र ६ गते मा। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यबाट उदघाटन हुनेछ ।

यी दुई कार्यक्रममा एक एक सय किलोमिटरका कवाड सङ्कलन यात्राहरु जनताको सकृयता र वृहत् सहभागितामा हुने छन्।

नेपाल राष्ट्र एकीकरणका लागि हातहतियार खरिद गर्न मोरु एक दान सुरु गर्ने सोचकर्ता बिसे नगर्चीको सालिक जनताको दानबाट बनाँउने अभियान चलाएर मूर्ति निर्माणको कामको मैजारो गर्ने योजना रहेको बागमती प्रदेशका पुर्व भौतिक पु्वाधार मन्त्री रामेश्वर फुयालले जानकारी दिएका छन् ।

IME Lifesidebar
kumari