stcnepal long ad
ime life insurance
global ime bank long

शान्ति सेना पठाउन पनि रोकियो, कारण–कोरोना

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण देखाउँदै संयुक्त राष्ट्रसंघले शान्ति मिसनमा तत्काल सेना नपठाउन नेपाली सेनालाई पत्र पठाएको छ। राष्ट्रसंघको आग्रहपछि मिसनका लागि दक्षिण सुडान (अनमिस) उड्ने तयारीमा रहेका ६ सय ९९ जना सैनिक अधिकारीको यात्रा रोकिएको छ।

उनीहरू यसै महिना जाने तयारीमा थिए। राष्ट्रसंघीय मुख्यालयले नेपाली सेनालाई पत्र लेखी अर्को निर्णय नहुन्जेल दक्षिणी सुडान उड्ने तयारीमा रहेका सैनिक अधिकारीलाई नपठाउन भनेको हो। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले कोरोना भाइरसको कारण देखाउँदै राष्ट्रसंघले पत्र पठाएपछि दक्षिणी सुडान जान लागेका सैनिक अधिकारीहरू रोकिएको बताए। ‘शान्ति मिसनका लागि दक्षिण सुडान जान हाम्रो टोली तयारी अवस्थामा थियो’, सैनिक प्रवक्ता पाण्डेले भने, ‘अर्को निर्णय आउने बित्तिकै उनीहरू जान्छन्। राष्ट्रसंघको आग्रहमा तत्काल सेना नपठाउने निर्णय गरेका हौं ।’

राष्ट्रसंघको निर्णयसँगै दक्षिणी सुडानबाट फर्कने तयारीमा रहेका टोलीको कार्यावधि केही लम्बिएको छ। नेपालमा अहिले रोकिएका सैनिक अधिकारीहरूको पहिलो टोली दक्षिणी सुडान पुगेपछि त्यहाँ रहेका सैनिक अधिकारी फर्कनेछन्। राष्ट्रसंघले अर्को निर्णय नगरुन्जेलसम्म त्यहाँ पुरानै टोलीले काम गर्नेछ।

राष्ट्रसंघको आग्रहमा नेपाली सेनाले कंगो, दक्षिणी सुडान, सुडान, वेस्टर्न सहारा, इजरायल, लेबनान, माली, सिरिया, सेन्ट्रट अफ्रिकन रिपब्लिक, इराक र लिबियाका विभिन्न मिसनमा शान्ति सेना पठाउँदै आएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकबाट

prabhu mahalaxmi
kumari