stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

खरिद ऐन छलेर बगर ठेक्का

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad
आर्थिक सञ्जाल बुधबार, २८ फागुन २०७६म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले सार्वजनिक खरिद ऐन विपरीत प्रतिस्पर्धा नै नगराई न्यूनतम मूल्यमा बगर ठेक्कामा लगाएको छ ।

बेनी नगरपालिका–६ डम्मरा र ३ नम्बर वडाको दूधेखोलास्थित म्याग्दी नदी किनारको बगरबाट ढुङ्गा र बालुवा उत्खनन गर्न माघ २२ गतेको नगर कार्यपालिकाको बैठकले स्थानीयवासीलाई ठेक्कामा दिने निर्णय गरेको थियो ।  डम्मराको बगरबाट प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (आइइई) मा उल्लेख भएको परिणामको ढुङ्गा, बालुवा उत्खनन र बिक्री गर्न प्रदेश सरकारले तोकेको दररेटअनुसार एकमुष्ट रु पाँच लाखमा तेजबहादुर खत्रीलाई ठेक्कामा दिने निर्णयमा उल्लेख छ ।

खरिद ऐनलाई छलेर जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा न्यूनतम मूल्यमा प्रतिस्पर्धा बिना नै ठेक्कामा लगाएकामा निर्माण व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष नारायण जिसीले आपत्ति जनाउनुभयो । गत वर्ष डम्मरा, अग्नीखेत र चुत्रेनीको बगर टाकुरा विकास विल्डर्सलाई रु १५ लाख ५० हजारमा ठेक्कामा लगाएको थियो ।

गत मङ्सिरमा डम्मराबाहेकका ठाउँका बगर उत्खननका लागि ठेक्का आह्वान गरेको थियो । रु ५३ हजार न्यूनतम मूल्य कायम भएको दूधखोलाको बगर उत्खनन गर्न ठेक्का परेको थिएनन् । अन्य ठाउँको बगर प्रतिस्पर्धाको प्रक्रिया मार्फत ठेक्कामा लगाएको छ ।

डम्मराको लिफ्ट खानेपानी आयोजनाको मुहान सुकेको र बस्ती जोखिममा परेको भन्दै बगर उत्खनन गर्न रोक लगाउन माग गर्दै उच्च अदालत पोखराको बागलुङ इजलासमा स्थानीयवासी जीवन श्रेष्ठले २०७६ साउन ७ गते मुद्दा दर्ता गरेका थिए ।

नगरपालिका, जिल्ला समन्वय समिति, प्रशासन र बेनी नगरपालिकाको वडा नं ६ को कार्यालयलाई विपक्ष बनाएर दायर गरिएको सो मुद्दाको माग दाबी नपुग्ने ठहर गर्दै अदालतले पुस २२ गते खारेज गरेको थियो ।

अदालतको आदेशपछि सम्बन्धित वडाबाट आएको प्रस्तावअनुसार उत्खनन गर्न दिने निर्णय भएको नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए । अन्य बगरको ठेक्का प्रक्रियामा व्यवसायीले मिलेमतो गरेर प्रतिस्पर्धा हुन नसकेको र छोटो अवधि भएकाले कार्यपालिकामा प्रस्ताव लगेर ठेक्कामा दिने निर्णय गराएको बेनी नगरपालिका–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले बताए । रासस

kumari bank
kumari
nawakantipur long