citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई जोन्सन खोप दिन सुरू

Prabhu Insurance Long Ad
nawakantipur long
broadway employment long

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई प्राथमिकतामा राखेर गन्तव्य देशले मान्यता दिएको जोन्सन एन्ड जोन्सनको कोरोना विरुद्धको खोप दिन सुुरु गरेको छ । श्रम गन्तव्य देशले कोरोना विरुद्धको खोपलाई अनिवार्य गरेपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्राथमिकताका आधारमा आइतबारबाट काठमाडौँ बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्रबाट खोप दिन सुुरु गरेको हो ।
एक पटक मात्रै लगाए पुुग्ने अमेरिकाबाट ल्याइएको जोन्सन एन्ड जोन्सन खोप धेरै रोजगारदाता देशले मान्यता दिएको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी कम्पनीले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई अनुरोध गरेका थिए ।

अधिकांश देशले अमेरिकी कम्पनीले उत्पादन गरेको जोन्सन एन्ड जोन्सन खोपलाई मान्यता दिएको र विदेशीले श्रमिकले एक पटक लगाए मात्र हुने भएपछि सोमबारदेखि गङ्गालाल अस्पतालमा भिसा आएर रोजगारीमा जाने अन्तिम तयारी गरेका श्रमिकलाई प्राथमिकताका आधारमा खोप दिन थालेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव सुजित श्रेष्ठले रोजगारीमा जानका लागि भिसा तथा अन्तिम स्वीकृतिको खोप दिन सुरु भएकोे जानकारी दिनुुभयो ।

नेपाली श्रमिक प्रमुख गन्तव्य देशले खोपको प्रबन्ध भएका देशबाट मात्रै श्रमिक लैजाने नीति लिएको छ । दुवै मात्राको खोप नभएपछि नयाँ र बिदामा आएका नेपाली श्रमिकसमेत रोजगारीमा जान पाएका छैनन् । आर्थिक वर्ष २०७७/७८ मा एक लाख ५९ हजारले श्रम स्वीकृति पाएका छन् । जसमध्ये धेरै श्रमिक खोप नपाएर गन्तव्य देशमा जान रोकिएका छन् ।
दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतले नेपाली श्रमिकलाई जान रोकेका छन् । साउदी अरब, कतार, बहराइन र ओमानले भने सर्त सहित क्वारेन्टाइनमा १० दिन बस्नेगरी श्रमिक लगिरहेको छ ।

himalayan life insurance
igi long