stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भ्रमण वर्ष औपचारिक रुपमा स्थगित गर्ने तयारी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल मंगलबार, २७ फागुन २०७६

काठमाडौँ । नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई औपचारिक रुपमा नै स्थगित गर्ने तयारी गरेको छ । कोरोनाभाइरसका कारण भ्रमण वर्षसहित समग्र पर्यटन गतिविधिमा असर पर्न थालेपछि भ्रमण वर्ष स्थगित गरी नयाँ रणनीति तय गर्न लागेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

कोरोनाका कारण विदेशकमा गरिने प्रवद्र्धनात्मक कार्यक्रम रोकेर आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड लिने अल्पकालीन रणनीति तय गरे पनि तत्काललाई यो प्रभावकारी नदेखिएपछि सरकार भ्रमण वर्ष स्थगित गर्न बाध्य बनेको हो ।

मन्त्रालय स्रोतका अनुसार आउने मन्त्रिपरिषद् बैठकबाट यो निर्णय हुन सक्नेछ । भ्रमण वर्ष स्थगित गर्ने तयारीसँगै पर्यटन मन्त्रालयले नेपाल भ्रमण वर्ष सचिवालयलाई अहिलेसम्म सचिवालयबाट भएका हिसाबकिताब १ महिनाभित्र मिलाउन र एक साताभित्रै करारमा रहेका कर्मचारीलाई अवकास दिन पत्राचार गरिसकेको भ्रमण वर्ष सचिवालयले जानकारी दिएको छ ।

आजको आर्थिक अभियान दैनिकबाट

prabhu mahalaxmi
kumari