Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

गुप्तचरका डिआईजी र एसएसपीको सरूवा

civilbank long ad

काठमाडौ । राष्ट्रिय अनुसन्धान विभागका प्रदेश प्रमुख अनुसन्धान निर्देशक( डिआईजी) र केही सह अनुसन्धान निर्देशक ( एसएसपी) को सरूवा भएको छ । सरूवा भएका राष्ट्रिय अनुसन्धान विभागका डिआइजीहरुमा अभियान कन्ट्रोल ( उपत्यका) का प्रमुख हुतराज थापा विभागबाट सुदूरपश्चिम प्रदेश धनगढी लखेटिएका छन।

यिनी यसअघि कन्ट्रोलबाट १ नं प्रदेश प्रमुखमा धरानमा सरूवा गरिएको र गत माघमा मात्र सुमन वैघलाई हेटौडा लखेटि कन्ट्रोलमा आएका थिए, ६ महिनामै उनलाई कालापानी लखेटिएको छ। थापा चिफ गणेश प्रसाद अधिकारीलाई हप्काउन सक्ने नेकपा माओवादी केन्द्र निकट रोल्पा घर भएका अनुसन्धान निर्देशक हुन ।

कलेज पढाउने उनी अहिले भक्तपुर कटुञ्जेमा घर बनाएर बसेका छन् । नेपाली कांग्रेस निकट प्रकाशराज पाण्डे प्रदेश १ को प्रमुखमा सरूवा भएका छन् । २ न. प्रदेशमा कार्यरत अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीलाई कर्णाली प्रदेश सुर्खेतको जिम्मेवारी दिइएको छ ।

चिफ गणेश अधिकारीका प्यारा लक्ष्मण गुरुङ दुई वर्ष प्रशासन विभागमा हालिमुहाली चलाएर लुम्बिनी प्रदेशको बुटवल सरूवा भएका छन् ।

भावी चिफको लाइनमा रहेका गुरूङलाई बुटवल लखेटिएसँगै उनको चिफ हुने लाइनमा गणेश अधिकारीले नराम्रो धोका दिएको भन्दै चिफ अधिकारीलाई मदिरा सेवन गरेर सहकर्मी डिआईजीहरूसँग आमा चकारी गाली गर्न थालेका छन।

गोरखाका गुरूङ काम भन्दा कुरा बढी गर्ने खुराफाती चरित्रका हुन। उनले जुनियर कर्मचारी सरूवा र बढुवा गर्दा सामाखुसीको घरमा कर्मचारीलाई लाइन लगाएर एक भेन मादक पदार्थ घरमा स्टोर गराएको कुरा हालै एसपिमा बढुवा भएका प्रकाश आचार्यले चिफलाई रिपोर्ट बनाएरै पेश गरेको अनुसन्धान विभाग भित्र चर्चा छ ।

यिनी राम बहादुर थापा वादल गृह मन्त्री हुँदा सम्म चितवन वासीको नाता लगाएर दैनिक मन्त्री निवास धाउने गर्दथे । सोझा र लफनछपन नजान्ने सुमन वैद्य बागमती प्रदेशको हेटौडाबाट गण्डकी प्रदेशको पोखरा सरूवा भएका छन ।

प्युठानको विजुवार हुँदै नेपालगन्ज झरेका वैधको मुलथलो काठमाडौको जयबागेश्वरी हो। नेविसंघका महामन्त्री मनोज वैद्यका उनी सौतेनी आमातिरका दाइ हुन। उनलाई लोभलाभ छैन, श्रीमती संयुक्त राष्ट्र संघमा काम गर्ने भएकाले गुरूङ जस्तो अतिरिक्त कमाइमा लोभ पनि गर्दैनन।

पुर्व चिफ देवीराम शर्माका भाइ हरिहर पौडेल लुम्बिनी प्रदेशबाट बागमती प्रदेश हेटौंडामा सरूवा भएका छन। सक्षम र योग्य पौडेललाई काठमाडौ आउन नदिई डिआईजी भएपछि कहिले पोखरा,कहिले वुटवल त कहिले हेटौडामा सरूवा गरि राजधानी भित्रिन दिइएको छैन।

अधिकारी पछिका चिफका दावेदार हुतराज थापा,लक्षमण गुरुङ, हरिहर पौडेल,ओमराज जोशीलाई उपत्यका बाहिर लखेटेर अधिकारीले अझै दुई वर्ष आफैले म्याद थप्ने षडयन्त्र गरेका छन।

भावी प्रधानमन्त्री शेर बहादुर देउवा निकट रहेका ओमराज जोशीलाई देउवासँग लाइन मिलाउन सुदूरपश्चिम प्रदेशको धनगढीबाट २ नं प्रदेशको जनकपुर सरूवा गरेर देउवालाई खुशी पार्न खोजेका छन् । काठमाडौका काठे रैथाने सुनील ढकाललाई वुटवलबाट विभागको प्रशासन र किर्तिपुरका थापाकाजी कूलदीप थापालाई पोखराबाट विभागको सम्भवत कन्ट्रोल (अभियान)मा सरूवा गरिएको छ।

ढकाल एसएसपी हुँदासम्म प्रशासनमा बसेका थिए। डिआईजी भएपछि मात्र उपत्यका बाहिर थानकोट कटेर गएका हुन् । प्रशासनका अनुभवी ढकाल क्षमता कमजोर भएका डिआईजी मानिन्छन, तर आदेश पालनामा भने चिफसँग नसोधि आफ्नो बुद्वि विवेकले केही गर्ने क्षमता राख्दैनन।

कुलदीप थापा डिआईजी भएपछि पोखरा,हेटौडा र फेरि पोखरा सरूवा भएर काठमाडौ भित्रिएका छन। यी निकै चलाख छन,काम गर्ने क्षमता पनि छ।

काभ्रेमा प्रमुख हुँदा रातारात रक्तचन्दन पास गरेर राम्रै कमाइ गर्नेमा पर्दछन। थापालाई कन्ट्रोल नदिए उपत्यका चल्न सक्ने देखिदैन। ढकाल र थापा दुबै जना प्रमुख अधिकृत गणेश अधिकारी निकट मानिन्छन् ।

एसएसपी तर्फ राजन उप्रेती समाचार संकलन, सम्पादनबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएका छन् भने भीमबहादुर बुढाथोकी र ओमबहादुर खड्कालाई राष्ट्रिय सुरक्षा परिषदमा पठाइएको छ ।

प्रशासनका काइते सहअनुसन्धान निर्देशक माधव तिमिल्सिना प्रशासनबाट नयाँदिल्लीस्थित नेपाली दूतावासमा खटाइएका छन् । त्यहाँ तीन वर्ष कार्यकाल पूरा गरेका काभ्रेका इन्द्रबहादुर लामालाई विभागमा फर्काएर चीफको लाइनमा राखिएको छ।

तिमिल्सिना र लामा काभ्रेका डन हुन। लमजुङ निवासी रमाइला किशोर श्रेष्ठ एयरपोर्टबाट विभागमा तानिएका छन । भर्खरै बढुवा भएका १० जना डिएसपीहरुको पनि पदस्थापन र अन्य केही डिएसपीहरूको सरुवा गर्ने तयारी छ ।

यसैगरि सशस्त्र प्रहरीमा रिक्त दुई डिआइजीमा बढुवा सिफारिस भएको छ ।त्यहाँ अहिले तीन डिआइजी खालि भएमध्ये कालिदाश धौबजी र कमल न्यौपाने दुईजनाको बढुवा सिफारिस भएको छ। त्यस्तै, १ सय २० वटा नयाँ बिओपीका लागि गृहमा दरबन्दी माग गर्ने तयारी पनि चल्दैछ ।


२३ असार २०७८, बुधवार ११:५१ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad