भारतमा भन्दा नेपालमा सात गुणा बढी कोरोना संक्रमित बढे
काठमाडौ । भारतमा भन्दा नेपालमा सात गुणा बढी कोरोना संक्रमित देखिएका छन। नेपालमा हिजोको तथ्याङक अनुसार २२.६९ प्रतिशत संक्रमित देखिएका छन, संक्रमित निको हुनेको दर ९२.६० प्रतिशत छ ।
जवकी भारतमा संक्रमित दर २.९४ प्रतिशतमा झरि सकेको छ र निको हुनेको दर ९८.८० प्रतिशत रहेको छ । भारतमा खोप लगाउने प्रतिशत २० प्रतिशत अर्थात ३२ करोड ३६ लाख ६३ हजार २ सय ९७ जनाले खोप लगाई सकेका छन ।
भारतमा संक्रमित दर घटेको र खोप लगाउनेको संख्या बढेकाले अहिले त्यहाँ जनजिवन सुरक्षित भैसकेको छ। जनजिवन सामान्य अवस्थामा फर्किसकेको छ । नेपालमा ३७ हजार ९ सय ५० सकृय संक्रमित रहेका छन ।
नेपालमा पहिलो खोप लगाउनेको संख्या २५ लाख ८७ हजार ८ सय ७३ छ। दोस्रो खोपको मात्रा लगाउने ७ लाख ५२ हजार १ सय १० जना छन। सरकारले खोपको व्यवस्था गर्न नसक्दा संक्रमितकोसंख्या उल्लेखनीय रूपमा घटन सकेको छैन।
अहिलेसम्मको अनुभवले खोप लगाउनु नै कोरोनाबाट बच्ने मुख्य उपाय देखिन्छ। तर सरकारले विभिन्न देशसँग दरो कुटनैतिक सम्बन्ध राखेर खोप खरिद गरि नागरिकलाई लगाएर कोरोनाबाट सुरक्षित राख्न सकेको छैन।
हिजो २४ घण्टामा ११ हजार ६ सय ४० जनाको पिसिआर परिक्षण गरिएकोमा २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण पाइएको छ ।
सोही अवधीमा ४२ जनाको मृत्यु भएको छ भने ३ हजार ८ सय निको भएका छन। सकृय संक्रमित ५.९७ प्रतिशत रहेका छन। तसर्थ कोरोनाको संक्रमण दर घटाउन खोप नै एक मात्र सुरक्षित उपाय हुँदा सरकारले खोप खरिद कुटनैतिक र खरिद प्रकृयालाई उच्च प्राथमिकतामा राख्नु पर्दछ।