citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

सचिवमा बढुवा हुन लागेका वरिष्ठ सहसचिवहरू

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौ । नेपालकाे निजामती प्रशासनका विशिष्ट श्रेणीका सचिवहरु अनिवार्य अवकास भएर निवृत्त हुँदै जाँदै छन् । तिनका ठाउँमा पदपूर्ति गर्नुपर्ने निकाय लाेकसेवा आयाेगमा भने अझै पदाधिकारी नियुक्ति भएर आइपुगेका छैनन् ।

गत असार १ गते उपराष्ट्रपति कार्यालयका सचिव गोपीनाथ मैनालीले पदावधिका कारण अवकास पाएका छन् । यो सँगै अहिले ९ सचिव पद रिक्त छ ।

उपराष्ट्रपतिको कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,खानेपानी, पशुपंक्षी,विज्ञान तथा प्रविधि,राष्ट्रिय मानव अधिकार आयोग,राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण सहित गण्डकी र कर्णाली प्रदेश प्रमुख सचिव विहिन अबस्थामा छन् ।

असार तेश्रो साता रक्षा सचिव रेश्मीराज पाण्डे र लोकसेवाका सचिव महेन्द्रप्रसाद गुरागाईंले अनिवार्य अवकाश पाउँदैछन् । यस्तै आगामी साउन २६ गते सञ्चार सचिव हरि बस्याल, साउनकै २४ गते अर्थ सचिव रामशरण पुडासैनी घर जाने भएका छन् ।

अब सचिव हुने वरिष्ठताका सहसचिवहरुमा स्वास्थ्य मन्त्रालयका दामोदर रेग्मी, युवा तथा खेलकुदका मधुसुदन बुर्लाकोटी, गणेशप्रसाद पाण्डे, प्रधानमन्त्री कार्यालयका किरणराज शर्माहरुको लाइनमा छन् तर सचिव बढुवा गर्ने निकाय समयमा पदपुर्ती नहुँदा उनीहरु मारमा परिरहेका छन् ।

अहिले नेपाल सरकारका निकायगत सचिव तथा विशिष्ट श्रेणीका कर्मचारीको दरबन्दी ६९ जना छ। त्यसमध्ये प्रशासन सेवातर्फ ३४, इञ्जिनियरिङतर्फ आठ, वनतर्फ एक, न्यायतर्फ १३ र व्यवस्थापिका संसदतर्फ एक सचिव कार्यरत छन् ।

गण्डकी प्रदेशमा प्रमुख सचिव रहेका विष्णुप्रसाद नेपालले अवकाश पाए । भोलिपल्टै त्यहीं लोकसेवा अध्यक्षको नियुक्ति लिए । त्यसअघि २०७७ चैत २७ मा प्रधानमन्त्री कार्यालयका सचिव तीर्थराज ढकालले घर जानुअघि नै स्टाफ कलेजको नियुक्ति लिन भ्याए ।

बागमति प्रदेशको प्रमुख सचिवबाट डा. मानबहादुर विश्वकर्माले वैशाख ६ गते अनिवार्य अवकास भए । त्यस्तै, ओली वंशावली समाजको महासचिवसमेत रहेका वन सचिव विश्वनाथ ओलीले वैशाख ७ मा, उर्जा तथा सिञ्चाई सचिव मधुसुदन अधिकारीले वैशाख २४ मा, शिक्षा सचिव सञ्जय शर्माले जेठ ६ जेठ अवकास पाएका थिए ।

उता २०७७ चैत १० गतेदेखि लोकसेवा आयोग पदाधिकारीविहीन भएको छ । त्यहाँ सर्वाेच्चका न्यायाधीश कुमार रेग्मीले नेकपा फुटाइदिएबापत उनका दाजु माधव अध्यक्षमा नियुक्तिका लागि संवैधानिक परिषदबाट सिफारिस भएका छन् ।

तर, उनी पनि संसदीय सुनुवाई नभएर अड्किरहेका छन् । सिफारिस भएकाे ४५ दिन कुरिरहेका छन्। संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर वैशाख २६ मा त्यहाँ माधव रेग्मी, माधव बेल्बासे, वीरबहादुर राईहरुले नियुक्ति पाएका थिए ।

उनीहरुको सिफारिस भएको मितिले असार १० गते ४५ दिन पुग्छ । तर, आइतबारमात्रै अधिवक्ता ओमप्रकाश अर्यालले ती नियुक्ति सिफारिस असंवैधानिक भन्दै बदरको माग राखेर रिट दायर गरेका छन् । यसरी आयुक्तविहीन हुँदा चैतदेखि २०७८ असार ३ गते सम्म नौ विशिष्ठ कर्मचारी अनिवार्य अवकाश भएका छन् ।

अन्य सेवाका कर्मचारीको उमेर हद ६० वर्ष कायम भइसक्दा पनि निजामतीको ५८ नै राखिँदा यो आर्थिक वर्षमा मात्रै २ हजार ४ सय ८० कर्मचारीले अवकाश पाएका छन् ।

चैतदेखि असारभित्र एक दर्जन सचिव अवकाशमा जाने स्थितिमा पुगेका छन् । सचिव बढुवाको सिफारिस गर्ने लोकसेवा आयाेगमा पदाधिकारी खालि छ । चैतदेखि बढुवाको मुखमा पुगेका दर्जनौं सहसचिव मारमा परेका छन् ।

gold
himalayan life insurance long ad