stcnepal long ad
ime life insurance
national life
global ime bank long

काठमाडौँमा भेरोसेल खोप स्थगित

जिल्लाका लागि छुट्याइएको खोपको संख्या सकिएको स्वास्थ्य सेवा विभागबाट पत्र

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । ६० देखि ६४ बर्ष उमेर समूहका लागि दिइदै आएको कोविड विरुद्धको चिनियाँ खोप भेरोसेल भोलिबाट स्थगित हुने भएको छ । महानगरको सहरी स्वास्थ्य महाशाखाले आज एक सूचना जारी गर्दै अर्को सूचना नआउञ्जेल खोप स्थगित भएको जनाएको छ ।

विभागका प्रमुख हरिबहादुर कुँवरले हस्ताक्षर गर्नुभएको सूचनामा सूचनामा स्वास्थ्य सेवा विभागलाई उधृत गर्दै भनिएको छ, जिल्लाका लागि छुट््याइएको संख्या सकिएको छ ।

६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरु यस अघिको कार्यक्रममा छुटेका जेठ २५ गतेदेखि उनीहरुलाई पहिलो मात्रा दिन थालिएको थियो । २५ गते नै वडाहरुलाई अर्को परिपत्र जारी गर्दै, त्यसअघि तोकिएका (६०–६४ बर्ष उमेर समूह) वाहेक यस अघि खोप लगाउन छुटेका र अहिले विरामीको प्रत्यक्ष सम्पर्कमा रहेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी, इन्टर्न र अन्डर जव ट्रेनिङ्मा रहेका नर्सिङ् र प्यारा मेडिक्स तथा यस अघि भेरो सेलको पहिलो मात्रा लगाएर दोस्रो मात्रा छुटेकालाई परिचय पत्रका आधारमा खोप लगाउन अनुरोध गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ २४ गतेको पत्र उधृत गर्दै विभागले वडाहरुलाई आग्रह गरेको थियो । सो तालिका अनुसार जेठ २६ गते ६३ बर्षका लागि, जेठ २७ गते ६२ बर्षका लागि दिइ सकिएको छ । भोलि अर्थात जेठ २८ गते ६१ बर्षका लागि र जेठ २९ गते ६० बर्ष उमेरका व्यक्तिलाई खोप दिने तालिका थियो । तालिका अनुसार ६० र ६१ बर्ष उमेर समूहका व्यक्तिहरु छुट्ने छन् ।

No description available.

IME Lifesidebar
kumari