stcnepal long ad
ime life insurance
national life
global ime bank long

पुरानो नक्सा छापेर बिक्रि गरेको पुस्तक जफत गर्न शिक्षा मन्त्रीको निर्देशन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्रि गरेको पुस्तक जफत गर्न निर्देशन दिनुभएको छ ।

केही निजी प्रकाशकले नया संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्रि गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिनुभएको हो ।

पाठ्यक्रम विकास तथा मूल्याङकन परिषद्को बुधबार सम्पन्न ८८औं बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको हो ।

सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्रि गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्रि भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानुन अनुसार अनुसार कारबाही गर्न उहाँले पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनुभएको छ ।

‘तपाईंहरूले अनुगमन गर्नुस्, देशको आँच पुग्नेगरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्रि गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस्’, मन्त्री श्रेष्ठले भन्नुभयो ।

IME Lifesidebar
kumari