stcnepal long ad
ime life insurance
national life
global ime bank long

शेयर बजार कारोबार मापक नेप्से साढे १३ अङ्कले घट्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । शेयर बजार कारोबार मापक नेप्से परिसूचक आज बुधवार साढे १३ अङ्कले घटेको छ । नेप्से १३ दशमलव ५६ अङ्कले घटेर २ हजार ९ सय ४६ दशमलव ५८ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

आज व्यापार, फाइनान्स, निर्जीवन बीमा, उत्पादन, जीवन बीमा र म्युचल फन्ड समूहबाहेक अरू समूहको परिसूचक घटेका छन् । विकास बैंक समूहको परिसूचक दुई सय ११ दशमलव ८८ अङ्कले, माइक्रोफाइनान्सको परिसूचक १८ दशमलव ६५ र हाइड्रोपावरको परिसूचक १५ दशमलव ९१ अङ्कले घटेको छ । आज उत्पादनमूलक समूहको परिसूचक भने सबैभन्दा धेरै दुई सय ३७ दशमलव ४६ अङ्कले बढेको छ ।

आन दुई सय २१ कम्पनीका १६ अर्ब ९९ करोड ७० लाख रुपैयाँ बराबरको तीन करोड १३ लाख कित्ता शेयर किनबेच भएका छन् ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सबैभन्दा धेरै ८७ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको ६१ करोड ८० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज युनाइटेड मर्दीको शेयर मूल्य झन्डै १० प्रतिशतले घटेको छ । नेपाल इन्स्योरेन्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, रिद्धि हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, सीईडीबी हाइड्रोपावर, वरुण हाइड्रोपावर कम्पनी लिमिटेड, पोखरा फाइनान्स लिमिटेड र प्रभु इन्स्योरेन्स लिमिटेडको शेयर मूल्य भने साढे नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

IME Lifesidebar
kumari