stcnepal long ad
global ime bank long

नेपाली सेनालाई मित्रराष्ट्र अष्ट्रेलियाद्वारा कोभिड १९ स्वास्थ्य सामग्री सहयोग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । मित्रराष्ट्र अष्ट्रेलियाका महामहिम राजदुत H.E Felicity Jane Volk ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाका स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्रीहरु २०७८ ज्येष्ठ २२ गते हस्तान्तरण गर्नु भएको छ ।

हस्तान्तरण कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्माले मित्रराष्ट्र अष्ट्रेलियाले गरेको सहयोग प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गर्नु भएको थियो ।

कोभिड १९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने उक्त स्वास्थ्य सामग्रीहरु अष्ट्रेलियन एयर फोर्सको जहाज मार्फत आज नेपाल ल्याईएको थियो ।

 

IME Lifesidebar
kumari