Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

अक्सिजन सिलिन्डर चीनबाट नेपाल आउँदै, अर्को खेप ल्याउन जहाज आजै बेइजिङ जाने

civilbank long ad

काठमाडौं । अक्सिजन सिलिन्डर लिन चीन गएको नेपाल वायुसेवा निगमको जहाज आज नेपाल आउँदैछ । साढे चार सय थान अक्सिन सिलिन्डर लिएर जहाज दिउँसो दुई बजे त्रिभुवन विमानस्थलमा अवतरणको तालिका रहेको छ ।

जहाज अर्को खेप सिलिन्डर लिन आजै राति फेरि बेइजिङको लागि उड्नेछ । निगमको जहाजले यसअघि दुई पटक गरेर झण्डै एक हजार सिलिन्डर ल्याइसकेको छ । यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ६ वटा उडान तथा अवतरण हुँदैछन् । हिमालय एअरलाइन्सको जहाज चीनको कुम्निङबाट बिहान काठमाण्डौ आइपुगेको छ भने राति सवा ८ बजे फेरि कुम्निङकै लागि उड्नेछ ।

यस्तै चीन गएको नेपाल वायुसेवा निगमको जहाज दिउँसो २ बजेर पाँच मिनेटमा काठमाण्डौ फर्कँदैछ भने राती ११ बजे पुन बेइजिङको लागि उड्दैछ । यस्तै टर्किस एअरलाइन्सको चाटर्ड जहाज राति ९ बजे काठमाण्डौ आएर ११ बजे उड्ने तालिका रहेको छ ।


३ जेठ २०७८, सोमवार ०९:०६ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad