Prabhu Insurance
stcnepal long ad
prabhu bank long ad

भरतपुर अस्पताललाई ३० थान अक्सिजन सिलिण्डर सहयोग

civilbank long ad

चितवन । चितवनमा मूल घर भई हाल अष्ट्रेलियामा बस्ने नेपालीको संस्था चितवन समाज, अष्ट्रेलियाले भरतपुर अस्पताललाई थप ३० थान अक्सिजनसहितको सिलिण्डर सहयोग गरेको छ ।

समाजले अष्ट्रेलियाबाट अक्सिजन ग्यास उद्योगलाई रकम पठाएर खरिद गरी ठूलो ३० थान अक्सिजन सिलिण्डर भरतपुर अस्पताललाई उपलव्ध गराएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहाल, चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठ, उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेल लगायतको उपस्थितिमा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी र निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीलाई सामान हस्तान्तरण गरिएको हो ।

प्रबासमा रहेर पनि जिल्लावासीको स्वास्थ्यप्रति चिन्तित भएर सहयोग गरेकोप्रति अध्यक्ष अधिकारीले प्रशंसा गरे । समाजले संस्थाका संरक्षक केशवप्रसाद सापकोटाको संयोजकत्वमा पूर्णनाथ घिमिरे, विकास बर्तौला, सीता सुवेदी र श्यामसुन्दर गिरी सदस्य रहेको आर्थिक संकलन समिति बनाएर सहयोग गर्दै आएको छ । यसअघि समाजले अस्पताललाई १० वटा अक्सिजन हित सिलिण्डर सहयोग गरिसकेको छ । रासस


२ जेठ २०७८, आइतवार १९:०५ बजे प्रकाशित

kathmandu gov long ad
nabilbank long ad