stcnepal long ad
global ime bank long

कोभिड–१९ बाट जनताको सुरक्षा गर्न कांग्रेसको माग

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । देश कोभिड—१९ महामारीको दोस्रो चरणमा छ । अत्यन्त कम संख्यामा पिसीआर परिक्षण हुँदा पनि ३७ प्रतिशत संक्रमित देखिनु भनेको देशमा संक्रमितको संख्या धेरै बढी भएको सहजै निष्कर्ष निकाल्न सकिन्छ ।

संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ । संक्रमितहरुको उपचार गर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ । बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर,साधारण वेड,आईसोलेशन केन्द्र र अक्सिजनको टड्कारो अभाव देखिन थालेको छ ।

यस्तो परिस्थिति आउनुमा सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यता जिम्मेवार रहेको आरोप लगाउदै कांग्रेस सभापतिशेर बहादुर देउवाले यो सरकार न विगतका गल्तीहरुबाट सिक्छ न नेपाली कांग्रेस तथा अन्य सरोकारवालाहरुले दिएको सल्लाह र सुझावलाई आत्मसात गर्छ भनेका छन।

कांग्रेसले अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक—भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकोले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको छ ।

सरकारले काठमाडौं उपत्यका लगायतका ठाउँहरुमा १५ दिने लकडाउन लगाउने निर्णय गरे पछि कोभिड—१९ परिक्षण नगरी उपत्यका छोड्ने समय दिएर लाखौं मानिसहरु लकडाउन नभएका कम संक्रमित जिल्लाहरुमा पुगेका छन् । सरकारको यस्तो निर्णयले संक्रमण कम भएका ठाउँहरुमा समेत व्यापक संक्रमण बढ्ने खतरा बढेको छ ।  दाबी गरेको छ।

कांग्रेसले भनेको छ–कोभिड—१९ को बढ्दो संक्रमणका कारण जनताले भोगिरहेको समस्याबाट पार पाउन संक्रमण रोकथाम र उपचारको समुचित प्रबन्ध मिलाई लकडाउनको समयलाई पूर्ण रुपमा सदुपयोग गरी तत्काल निम्न काम गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।

१. कोभिड–१९ संक्रमितहरुको उपचारका लागि अत्यावश्यक अक्सिजन र भेन्टिलेटरको यथेष्ट आपूर्ति तत्काल सुनिश्चित गरियोस् ।
२. कोभिड—१९ संक्रमितहरुलाई आवश्यक अस्पताल बेड, आइसियु वेड लगायतका स्वास्थ्य पूर्वाधार, अत्यावश्यक औषधी र अन्य आवश्यक स्वास्थ्य सामाग्रीहरुको तत्काल समुचित व्यवस्था गरियोस् ।
३. देशका सम्पूर्ण जिल्लाहरुमा कन्ट्याक ट्रेसिङ्गलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरुको पिसीआर परिक्षणलाई व्यापक गरियोस् ।
४. सिमा नाकाहरुमा अनिवार्य पिसिआर परिक्षण र परिक्षणको नतिजा नआउन्जेल होल्डीङ केन्द्रहरुमा राख्ने व्यवस्था गरियोस् । परिक्षणमा संक्रमित देखिएकाहरुलाई स्थानीय निकायहरुको समन्वयमा आइसोलेसन केन्द्रहरुको व्यवस्था गरी राखियोस् ।
५. स्वास्थ्यकर्मी, सफाईकर्मी र सुरक्षाकर्मीहरुलाई विमा र जोखिम भत्ता तत्काल कार्यान्वयन गरियोस् । बढ्दो संक्रमणसँगै स्वास्थ्य जनशक्तिको अभाव देखिएकाले अस्पतालहरुमा थप स्वास्थ्य जनशक्तिको व्यवस्था गरियोस् ।
६. पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारको गैर जिम्मेवारीपूर्ण रवैयाको भत्र्सना गर्दै तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुस्निश्चित गर्न फेरि माग गर्दछौं ।
७. खोप आपूर्ति लगायत अत्यावश्यक स्वास्थ्य सामाग्रीको आपूर्ति सुनिश्चित गर्न प्रभावकारी कुटनैतिक पहल गरियोस् ।
८. लकडाउनका समयमा पनि किसानका कृषि उपज तथा अन्य उपभोग्य वस्तुहरुको आपूर्ति र आवत—जावतलाई सहज गरियोस् ।
९. विदेशमा जानेहरुलाई आवश्यक पिसिआर परिक्षण गर्ने अस्पतालहरुको संख्या
बढाइयोस् ।
१०. लकडाउनका कारण आर्थिक सामाजिक मारमा परेका आम नागरिक, श्रमिक र साना व्यवसायीहरुलाई आवश्यक राहत र सहयोगको कार्ययोजना ल्याइयोस् ।
११. मास्क अनिवार्य लगाउने, सावुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य सुरक्षा मापदण्डहरुलाई कडाइका साथ लागू गर्न अनुगमन संयन्त्र मजवुत गरियोस् ।

नेपाली कांग्रेसको प्रतिवद्धता

सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई कोभिड–१९ को संक्रमणबाट आफू पनि जोगिन र अरुलाई पनि जोगाउन कोभिड–१९ स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न नेपाली कांग्रेस हार्दिक अनुरोध गर्दछ । नेपाली कांग्रेस कोभिड—१९ संक्रमणलाई रोकथाम गर्न, संक्रमितहरुलाई उपचार पहुँचमा सघाउन तथा राहत कार्य गर्न निम्न लिखित काम गर्ने प्रतिवद्धता जाहेर गर्दछ ।

१. अनिवार्य मास्क लगाउने, सावुन पानीले हात धुने, भौतिक दुरी कायम गर्ने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न नेपाली कांग्रेसका केन्द्र देखि स्थानीय तहसम्मका सबै संरचनाहरुलाई देशभरी सचेतना अभियान संचालन गर्न क्रियाशील गराइनेछ ।
२. कोभिड—१९ बाट संक्रमित भई उपचारको पहुँचमा पुग्न समस्यामा परेकाहरुलाई हरसम्भव सहयोग गर्न पनि पार्टी संरचनाहरुलाई सक्रिय गराइनेछ ।
३. लकडाउनका कारण आर्थिक सामाजिक समस्या परेकाहरुलाई गत समयमा जस्तै सहयोग अभियान चलाउन नेपाली कांग्रेस क्रियाशील हुनेछ ।
४. यस अघि नै नेपाली कांग्रेसले विकसित मित्र राष्ट्रहरुलाई आफ्नो अग्रीम वुकिङ गरेको खोप संख्याबाट आवश्यक नभएको खोप नेपाल जस्ता देशहरुलाई उपलब्ध गराउन अनुरोध गरेको थियो ।

यसै बीच संयुक्त राज्य अमेरिकाले खोप सहयोग गर्ने निर्णय गरेको छ । यस निर्णयको स्वागत गर्दै अन्य विकसित मित्र राष्ट्रहरुलाई पनि खोप सहयोग पु¥याउन अनुरोध गर्दछौ।
यसै वीच कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले आज एक विज्ञाप्ती प्रकाशित गरि प्रधानमन्त्रीज्यू, संकटमा राज्य हतास होइन नागरिकलाई ढाडस बन्नुपर्छ । ‘बेड छैन’ भन्नु लाचारी र लज्जास्पद १ युद्धस्तरमा समाधान खोजौं भनेका छन।

उनले स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपील गर्नु स्वभाविक र आवश्यक हो । तर संकटमा अपील गरिरहंदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुन्छ ।

तर ‘अस्पतालमा शैया उपलब्ध गराउन नसकिने भइ सकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैह्र जिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको छ । पुरै बर्ष दिन सत्ता द्वन्दमा बिताउने, संसद विघटन गरेर मध्य महामारीमा चुनाव घोषणा गर्ने, समयको सदुपयोग नगर्ने बताएको छ।

No description available.No description available.

No description available.

IME Lifesidebar
kumari