अमेरिकाले नेपाललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि एक अर्ब ३० लाख अनुदान दिने
काठमाडौं । अमेरिकाले नेपाललाई एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ । नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप रकम प्रदान गर्ने बताउनुभएको हो ।
उहाँले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारी विरुद्धको लडाइँमा भरथेग गर्न अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआइडी) मार्फत रकम उपलब्ध गराइने बताउनुभएको छ।
‘कोभिड–१९ विरुद्ध ठूलो सङ्घर्ष गरेको आफ्नो अमेरिका नेपालप्रति ऐक्यबद्धता प्रकट गर्दछ, निर्दयी कोरोनालाई परास्त गर्न नेपाल सफल हुनेछु, उहाँको ट्विटमा भनिएको छ ।























