stcnepal long ad
global ime bank long

काठमाडौंका अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउनेको थामि नसक्नु भीड

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि खोपका लागि अस्पताल चाहर्नेहरूको भीड पनि उत्तिकै बढेको छ । दोस्रो डोजको खोप लगाउनेहरू र पहिलो डोज लगाउन चाहनेहरूले विभिन्न अस्पतालहरू भरिभराऊ भएका छन् ।

वीर अस्पताल, काठमाडौं मेडिकल कलेज, प्रसुति गृह, नेपाल मेडिकल कलेज, हिमाल अस्पताल, आयुर्वेद अनुसन्धान केन्द्र कीर्तिपुर लगायतका अस्पतालहरूमा चीनमा बनाइएको भेरोसेलको पहिलो डोज दिइएकोमा ती अस्पतालहरूमा थामि नसक्नु भीड देखिएको हो ।

यी अस्पतालहरुमा भीड नियन्त्रण गर्न प्रहरी परिचालन नै गर्नुपर्ने अवस्था रहेको छ । दोस्रो डोजको खोप दिइने अस्पतालहरूमा पनि भीड उत्तिकै रहेको छ ।

IME Lifesidebar
kumari