stcnepal long ad
global ime bank long

शिक्षाविद् लक्ष्मण राजवंशीको निधन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । संविधान सभाका पूर्व सदस्य एवम् शिक्षाविद् लक्ष्मण राजवंशीको निधन भएको छ। काठमाडौं थापाथलीको नर्भिक अस्पतालमा उपचारत उहाँको आज बिहान निधन भएको परिवारले जानकारी दिएको छ।

बालाजुको सिद्धार्थ वनस्थली विद्यालयका संस्थापक समेत रहनु भएका साहित्यकार राजवंशी दुई हप्ताअघि आफ्नै घरको भर्‍याङबाट लडेर घाइते हुनु भएको थियो। त्यसपछि उहाँको भेन्टिलेटरमा अचेत अवस्थामा नर्भिक अस्पतालमा उपचार भइरहेको थियो।

उहाँ नेपाः राष्ट्रिय पार्टीको तर्फबाट दोश्रो संविधानसभाको सदस्य हुनुहुन्थ्यो । आज दिउँसो नै उहाँको अन्तिम संस्कार पशुपति आर्यघाटमा हुने परिवारले जनाएको छ।

IME Lifesidebar
kumari