stcnepal long ad
global ime bank long

उपत्यकासँग जोडिएका जिल्लामा १० नयाँ सहर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल । सोमबार,१९ फागुन २०७६

काठमाडौं । सरकारले काठमाडौं उपत्यकानजिक जोडिएका जिल्लाहरूमा १० नयाँ सहर निर्माण गर्ने तयारी गरेको छ ।

सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकाको जनघनत्व कम गर्न भन्दै उपत्यकासँग जोडिएका जिल्लाहरूमा नयाँ सहर निर्माण थालनि गर्नका लागि छलफल अगाडि बढाएको जनाएको छ।

‘सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पद सम्हालेको १ सय दिन पुगेको अवसरमा ‘आइतबार आयोजित पत्रकार सम्मलेनमा काठमाडौं उपत्यकालाई जोड्दै व्यवस्थित सहरीकरण गर्ने वृहत् लक्ष्य राखेको जानकारी दिए ।

उनले भने, “बाहिरी चक्रपथमा रहने गरी नयाँ सहर निर्माणका लागि जनप्रतिनिधिहरूसँग छलफल अगाडि बढेको छ, बाहिरी चक्रपथसँग जोडिएका जिल्लामा १० नयाँ सहर बन्ने छन् ।” उनले योजना बनेको १९ वर्षसम्म पनि निर्माण कार्यको टुंगो लाम नसेको बाहिरी चक्रपथमा सरकारले फेरि नयाँ योजना ल्याएको बताए।      आजको कारोबार दैनिकबाट

IME Lifesidebar
kumari