stcnepal long ad
global ime bank long

नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न ८ जना पक्राउ

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–९ सिनामंगल स्थित सुरिया हेल्थकेयर प्रा.लि. र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रा.लि.का ८ जना कर्मचारीहरूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ पेप्सीगोला बस्ने झापा गौरादह नगरपालिका–७ घर भएका ४५ वर्षीय प्रकाश रायमाझी भन्ने चित्र बहादुर रायमाझी, ललितपुर ईमाडोल बस्ने सप्तरी राजविराज नगरपालिका–१३ घर भएका ३२ वर्षीय प्रमोद कुमार यादव, महोत्तरी गौशाला नगरपालिका–१ बस्ने ५० वर्षीय प्रदिप कुमार गिरी, काठमाडौं सिनामंगल बस्ने महोत्तरी सोनाम गाउँपालिका–६ घर भएका २५ वर्षीय अमन कुमार यादव, काठमाडौं अनामनगर बस्ने मोरङ विराटनगर महानगरपालिका–३ घर भएका ३२ वर्षीय वजेश पोख्रेल, काठमाडौं बानेश्वर बस्ने महोत्तरी गौशाला नगरपालिका–१ घर भएका २२ वर्षीय बादल मिरिङ छिङ, काठमाडौं चावहिल बस्ने दोलखा बैतेश्वरी नगरपालिका–५ घर भएका २२ वर्षीय सरोज क्षेत्री र ललितपुर धापाखेल बस्ने सप्तरी मध्यपुरा गाउँपालिका–१ घर भएका ४४ वर्षीय डा. खेलानन्द प्रसाद रहेका छन् ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेभन्दा अत्याधिक रकम लिई स्वाबको नमूना समेत नलिई १र२ घन्टा भित्रमा नै नक्कली पिसिआर रिपोर्ट उक्त ठाउँबाट दिने गरेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

मेरिट मल्टी केयरका एजेन्टहरूले सेवाग्राहीसँग पिसिआर परीक्षण शुल्क प्रतिव्यक्ति ९ हजार रुपैयाँ लिई सुरिया हेल्थकेयरको मिलेमतोमा स्वाब परीक्षण नै नगरी रिपोर्ट बनाई दिने गरेको प्रारम्भीक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

सुरिया हेल्थकेयरबाट ४ थान नक्कली परीक्षण रिपोर्ट तथा कम्प्युटर लगायतका उपकरण समेत बरामद गरी थप अनुसन्धान कार्यको लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुको प्रतिनिधिको रोहबरमा सुरिया हेल्थकेयर हाललाई बन्द गरिएको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त महाशाखाले जनाएको छ ।

IME Lifesidebar
kumari